Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा एमाले

एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्दै,नेपाल-खनाल पक्ष दुवै बैठकमा सहभागी नहुने

एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्दै,नेपाल-खनाल पक्ष दुवै बैठकमा सहभागी नहुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ७, २०७७ शनिवार • ०८:४६:४४ बजे
  • 1.8K
    SHARES
  • एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्दै,नेपाल-खनाल पक्ष दुवै बैठकमा सहभागी नहुने

    पोखरा - आज नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्दै छ । बिहान १०: ३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बस्दै छ भने १२ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

    images

    आजको संसदीय दलको बैठकमा संसदीय दलको संशोधित विधानको प्रस्ताव छलफलका लागि प्रस्तुत हुनेछ । यसअघि ५ गते बसेको संसदीय दलको बैठकले प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौड्याल राई सदस्य रहेको तीन सदस्यीय विधान संशोधन समिती गठन गरेको थियो ।

    आजको बैठकमा नेता बामदेव गौतमसहितका सांसद र नेताहरु सहभागिता हुने छन । शुक्रबार आयोजित एक कार्यक्रममा नेता गौतमले केन्द्रीय कमिटी बैठकमा सहभागी हुने बताएका थिए।

    नेपाल-खनाल पक्ष दुवै बैठकमा सहभागी नहुने

    नेकपा एमालेको नेपाल-खनाल पक्ष आजका दुवै बैठक संसदीय दल र केन्द्रीय कमिटीको बैठकमा नजाने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले संसदीय दल र केन्द्रीय कमिटी बहिस्कार गर्ने निर्णय गरेको हो ।

    बैठकले विगतमा संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद् भवन बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखिएको हुनाले त्यसमा सहभागी नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

    बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्न सकिने उनले बताए । नेपाल-खनाल पक्षले अध्यक्ष ओलीले गएको फागुन २८ गते गरेको निर्णय खारेज गर्नुपर्ने माग राख्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology