पोखरा - जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषदका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको यक्ष प्रश्न अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसरी हटाउने भन्ने रहेको बताएका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै डा। भट्टराईले अहिलेको यक्षप्रश्न कोसँग सत्ता समीकरण गर्ने वा कोबाट तत्काल बढी लाभ लिने भन्ने हॅुदै होइन भन्दै ओलीलाई कसरी हटाउने भन्ने रहेको बताएका हुन् ।
उनले भनेका छन्-
अहिलेको यक्षप्रश्न कोसंग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हॅुदैहैन; अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो ! अगाडि आएको बाघलाई पहिले लघारौ; पछाडिका स्यालहरूसँग लड्दै गरौंला ! कुनै गल्ती नगरौं !