Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा एमालेले समानान्तर गतिविधि गर्दै आएका माधव नेपालसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने

नेकपा एमालेले समानान्तर गतिविधि गर्दै आएका माधव नेपालसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ७, २०७७ शनिवार • १७:५०:४१ बजे
  • 1.2K
    SHARES
  • नेकपा एमालेले समानान्तर गतिविधि गर्दै आएका माधव नेपालसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने

    पोखरा - नेकपा एमालेले समानान्तर गतिविधि गर्दै आएका माधव नेपालसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र राम कुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले बताए ।

    images

    उनीहरुमाथि पार्टी हित विरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइल्याउन लागिपरेको, सरकारको बदनाम गर्दै गुटगत भेला गरेको जस्ता आरोप लगाइएको छ । 

    बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरुको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन पनि गरेको छ ।

    अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामको सम्पूर्ण अधिकार पार्टी अध्यक्षलाई दिने पनि बैठकले निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology