पोखरा - डा.बाबुराम भट्टराईले प्रम एव नेकपका अध्यक्ष ओलीलाई कटाक्ष गर्दै नेपाली हिटलरको संज्ञा दिएका छन् । नेकपा एमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाउँदै लगेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसमा कटाक्ष गरेका छन् ।
एमालेको विधान संसोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिएको भोलिपल्ट आइतबार बिहान ट्वीट गर्दै ओलीलाई कटाक्ष गर्दै नेपाली हिटलरको संज्ञा दिएका हुन । ओली र एमालेको नाम नलिइकन कटाक्ष गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले हिटलरको उदाहरण दिँदै क्रमशः सबैमाथि प्रतिगमनकारी प्रहार हुन सक्ने खतरा औँल्याएका छन् ।
हिटलरबारे चर्चित भनाइ छ पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ । किनकी म यहुदी थिइनँ अन्त्यमा उनीहरू मविरूद्ध आइलागे,कोही पनि बोलेन । किनकि कोही पनि बाँकी थिएन, सामाजिक सञ्जामार्फत आफ्नो धारणा राख्दै डा। भट्टराईले सचेत गराएका छन्, ‘नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होसियार !