Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मष्तिस्काघात भएर उपचाररत् जोशीलाई सरकारले दिने १० लाख सहयोग परिवारले नलिने

मष्तिस्काघात भएर उपचाररत् जोशीलाई सरकारले दिने १० लाख सहयोग परिवारले नलिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ८, २०७७ आइतवार • १४:५१:४० बजे
  • 1.0K
    SHARES
  • मष्तिस्काघात भएर उपचाररत् जोशीलाई सरकारले दिने १० लाख सहयोग परिवारले नलिने

    पोखरा - मष्तिस्काघात भएर उपचाररत् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई सरकारले दिने भनेको १० लाख रुपैयाँ सहयोग उनको परिवारले नलिने भएको छ । जोशीका सहयोगी पुष्कर पाण्डेका अनुसार परिवारले सरकारले दिने भनेको सहयोग नलिने घोषणा गरेको हो ।

    images

    सरकारले गएको बिहीबार मन्त्रिपरिषद्बाट निर्णय गरेर जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको थियो । तर, परिवारले भने सहयोग नलिने निर्णय गर्दै त्यो पैसाले विपन्न वर्गलाई स्वास्थ्य उपचार गर्न आग्रह गरेको हो ।

    सरकारले अनर गयो, त्यसका लागि हामी धन्यवाद दिन चाहन्छौँ । हामीले उहाँको परिवारले त्यो सहयोग स्वीकार नगर्ने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छौँ,पाण्डेले भिडियो सन्देशमार्फत भनेका छन्, सरकारले दिने भनेको सहयोग विपन्न वर्गको उपचारमा लगाओस र विपन्न वर्गले उपचार अभावमा मृत्यु हुने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना हो ।

    उपचार अभावमा मानिसको मृत्यु हुने अवस्थाको अन्त्यका लागि पूर्वउद्योगमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जोशीको अभियान भएकाले परिवारले त्यही अभियानलाई निरन्तरता दिएको हो । जोशीले आफ्ना पिता गजेन्द्रराज जोशीको नाममा गरिब, दुःखीको उपचारका लागि वीर अस्पतालमा १० लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # नवीन्द्रराज जोशी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology