Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुनै सहमति भएको छैन : : प्रचण्ड

कुनै सहमति भएको छैन : : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७७ आइतवार • ०८:३२:०९ बजे
  • 1.7K
    SHARES
  • कुनै सहमति भएको छैन :  : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको सचिवालय बैठकमा कुनै पनि विषयमा सहमति नभएको बताएका छन् ।शनिवार साँझ भएको बैठकपछि आफू निकट नेताहरुसँग प्रचण्डले बैठकमा छलफल भएको तर सहमति भने भइनसकेको बताएका हुन् ।

    images

    बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच आगामी मंसिरमा महाधिवेसन गर्ने विषयमा सहमति भएको सार्वजनिक भएका छन् । तर, प्रचण्डले भने सबै विषय छलफलकै क्रममा रहेको र सहमति भइनसकेकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।

    ओली र प्रचण्ड मिलेको भन्दै प्रचण्ड पक्षका माधवकुमार नेपालले शनिवार साँझ नै आफ्ना निकट नेताहरुलाई बोलाएर कोटेश्वर निवासमा छलफल गरेका छन् । त्यस्तै, झलनाथ खनाल र बामदेव गौतमले पनि बैठकमै पार्टीको विधि र प्रक्रियाअनुरुप अघि बढ्नुपर्ने र व्यक्तिगत सहमति उचित नहुने बताएका थिए ।

    ओली र प्रचण्डले भने पार्टी एकताको रक्षा गर्दै जनमतको सम्मान गर्दै महाधिवेसनको तयारीमा जानुपर्ने आवश्यकता औंल्याएका छन् । ओली र प्रचण्डको बोलीमा एकरुपता आएपछि नेताहरुले भने ओलीसित मिलेको भन्दै प्रचण्डप्रति आशंका गरेका छन् ।

    शनिवार साँझ नै अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले ट्वीट गर्दै भ्रममा नपर्न आग्रह गरेकी छन् । उनले लेखेका छन्, ‘आज अध्यक्षद्वय बीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न बिषयहरु (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनैपनि बिषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं ।’

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology