Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजकीय भ्रमण

राष्ट्रपति भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि ढाका प्रस्थान, यस्तो छ दुई दिनको कार्यक्रम

राष्ट्रपति भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि ढाका प्रस्थान, यस्तो छ दुई दिनको कार्यक्रम

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ९, २०७७ सोमवार • ११:०७:४० बजे
  • 1.7K
    SHARES
  • राष्ट्रपति भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि ढाका प्रस्थान, यस्तो छ दुई दिनको कार्यक्रम

    पोखरा - राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि ढाका प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत सोमबार बिहान ८ : ४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रस्थान गरेकी हुन् ।

    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र बंगलादेशबीचको द्विपक्षीय र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो भ्रमण कोसेढुंगा साबित हुने बताएकी छन् । दुईदिने राजकीय भ्रमणका लागि सोमबार ढाका प्रस्थान गर्नुअघि उनले राष्ट्रपति कार्यालयको ट्विटर ह्यान्डलमार्फत ट्विट गर्दै यस्तो बताएकी हुन् ।

    राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बंगबन्धुको जन्म शतवार्षिकीको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुँदै छिन् । उनी बिहान ८:४० बजे नेपाल वायुसेवा निगमको विमान चार्टर्ड गरेर ५४ जनाको टोलीसहित बंगलादेश प्रस्थान गरेकी हुन् ।

    भ्रमण दौरान नेपाल र बंगलादेशबीच चार क्षेत्रका विषयमा दुईपक्षीय सम्झौता हुने सरकारले जनाएको छ । ती विषयमा पर्यटन, संस्कृति आदान प्रदान, स्यानिटरी र फाइटो स्यानिटरी तथा रोहनपुरदेखि सिंहबादसम्म ट्रान्जिट रुट लगायत छन् ।

    यस्तो छ दुई दिनको कार्यक्रम

    सोमबार बिहान राष्ट्रपति भण्डारीलाई ढाका विमानस्थलमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले स्वागत गर्ने

    विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशका सहिदहरूलाई श्रद्धाञ्जली दिन र माल्यार्पण गर्न जाने

    त्यसपछि होटलमा फर्कने र आराम गर्ने

    होटलमा पहिला बंगलादेशका विदेशमन्त्री शिष्टाचार भेटका लागि आउने

    त्यसपछि प्रधानमन्त्री सेख हसिनाले राष्ट्रपति भण्डारीसँग होटलमै शिष्टाचार भेट गर्ने

    बेलुकी राष्ट्रपति भवन बंगमा राष्ट्रपति हमिदसँग भेटवार्ता

    सोही भेटमा दुई पक्षीय सम्झौताहरू हुने

    त्यसपछि राष्ट्रपति होटलमा फर्कने

    मंगलबार बिहान ढाकास्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रम र दिवाभोजमा सहभागी हुने

    त्यसपछि मंगलबार दिउँसो काठमाडौं आउने

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology