Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वभरि कोरोना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या ६ लाख नाघ्याे

विश्वभरि कोरोना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या ६ लाख नाघ्याे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७७ आइतवार • ११:२८:१८ बजे
  • 1.2K
    SHARES
  • विश्वभरि कोरोना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या ६ लाख नाघ्याे

    कोरोना भाइरस संक्रमणका कारण विश्वभरि ज्यान गुमाउनेकाे संख्या ६ लाख पार गरेकाे छ । पछिल्लाे २४ घण्टामा मात्र विश्वभर काेराेना संक्रमणबाट ५ हजारबढी मानिसले ज्यान गुमाएका छन् । यससँगै आइतबार बिहानसम्म कुल मृतक संख्या ६ लाख नाघेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ ।

    images

    पछिल्लाे समय लगातार सबैभन्दा धेरै नयाँ सङ्क्रमितहरू अमेरिका, ब्रजिल, भारत र दक्षिण अफ्रिकामा फेला परिरहेकाे तथ्यांकहरूबाट पुष्टि हुन आएकाे छ । काेराेनाबाट ज्यान गुमाउनेहरूमध्ये एक चौथाइ संख्या अमेरिकामा मात्रै रहेकाे जनाइएकाे छ ।

    विश्व स्वास्थ्य संगठनले भने पछिल्लाे एकैदिन (शनिबार) संसारभरि भाइरस संक्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या ७ हजार ३६० रहेको जनाएकाे छ । याे गत मे १० तारिखयता भएको सबभन्दा धेरै दैनिक मृत्यु संख्या हाे ।

     

    उता जोन्स हप्किन्स विश्वविद्यालयले शनिवार कुल सङ्क्रमितहरूको सङ्ख्या एक करोड ४० लाख नाघेको जनाएको छ । वर्ल्डाेमिटर्सले भने कुल संक्रमित संख्या (आइतबार बिहानसम्म) १ कराेड ४४ लाख नाघेकाे जनाएकाे छ ।

    वर्ल्डाेमिटर्सका अनुसार अहिलेसम्म सबैभन्दा बढी संक्रमित र मृतक अमेरिकामा रहेका छन् । त्यहाँ अहिलेसम्म भाइरस संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १ लाख ४२ हजार ८७७ पुगेकाे छ भने कुल संक्रमित संख्या ३८ लाख ३३ हजार नाघेकाे छ । हाल त्यहाँ सक्रिय संक्रमित १९ लाख १५ हजार १७५ रहेका छन्, १७ लाख ७५ हजारभन्दा बढी चाहिँ निकाे भइसकेका छन् ।

    यसैगरी दाेस्राे धेरै क्षति बेहाेर्नेमा ब्राजिल छ । त्यहाँ काेराेना भाइरसका कारण अहिलेसम्म ७८ हजार ८१७ जनाले ज्यान गुमाएका छन् भने कुल २० लाख ७५ हजार २४६ जना संक्रमित भइसकेका छन् । हाल त्यहाँ हाल त्यहाँ सक्रिय संक्रमित ६ लाख २९ हजार ६५४ रहेका छन् भने १३  लाख ६६ हजारभन्दा बढी मानिस निकाे भइसकेका छन् ।

    उता, भारतमा पनि कुल संक्रमित संख्या पाैने ११ लाख पुग्दा ज्यान गुमाउनेकाे संख्या २६ हजार नाघेकाे छ । रूसमा भने संक्रमित धेरै भए पनि ज्यान गुमाउनेकाे संख्या कम छ । दक्षिण अफ्रिकामा पनि दैनिक वृद्धिमा नयाँ कीर्तिमान बनिहेको छ । त्यहाँ पछिल्लाे २४ घण्टामा १३ हजार २८५ संक्रमित भेटिएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology