Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भुसाललाई एमालेले सोध्यो ४ बुँदे स्पष्टीकरण : के छ पत्रमा ?

भुसाललाई एमालेले सोध्यो ४ बुँदे स्पष्टीकरण : के छ पत्रमा ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १०, २०७७ मंगलवार • ०९:२६:३४ बजे
  • 1.6K
    SHARES
  • भुसाललाई एमालेले सोध्यो ४ बुँदे स्पष्टीकरण : के छ पत्रमा ?

    पार्टी हित विपरित काम गरेको भन्दै नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको छ। शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार एमाले महासचिव ईश्वर पोखरेलले उनीहरुलाई स्पष्टीकरण सोधेका हुन्।

    images

    नेकपा एकीकरण पूर्व भुसाल एमालेको उपमहासचिव थिए तर अहिले पार्टीको उपमहासचिव नरहेको जनाउसहित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सदस्यको रुपमा स्पष्टीकरण पत्र पठाइएको छ। एमालेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष र महाचिवबाहेक सबै पदाधिकारीलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो। भुसाललाई एमालेले चार बुँदे प्रश्नसहित स्पष्टीकरण मागेको छ।

    भुसालले पार्टी हितविपरीत पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको पार्टी विधान तथा निर्णयविपरीत गुटबन्धी तथा षडयन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको आरोप लगाइएको छ।

    मिति २०७७ चैत ७ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बाहौं बैठकको निर्णय बमोजिम माथि उल्लेखित विषयहरूमा तपाईंले पार्टी विधानको ४९ (क) को १, २, ३, १० र १४ को उल्लंघन गरेको सप्रमाण देखिएकोले तपाईंलाई पार्टी विधान बमोजिम कारबाही किन नगर्ने ? यस सम्बन्धमा माथि उल्लेखित सबै विषयहरूमा स्पष्ट पार्न तपाईंलाई तीन दिनको समय दिइएको छ। भुसाललाई पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तीन दिनभित्र स्पष्टीकरणसहित लिखित जवाफ प्रस्तुत नगरेमा पार्टीको विधान र नियमावली बमोजिम कारबाही हुने व्यहोरा अवगत गराइन्छ।

    एमाले महासचिव पोखरेलले भुसाललाई पठाएको स्पष्टीकरण पत्र:

    श्री घनश्याम भुसाल,

    सदस्य, दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी,

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)

    विषय : स्पष्टीकरण पेश गर्नु हुन।

    तपाईं, घनश्याम भुसालले हामो पार्टी विधानविपरीत पार्टी तथा पार्टी नेतृत्वको सरकारविरूद्ध देहाय बमोजिमका क्रियाकलापहरूमा नेतृत्व र अगुवाई के कति कारणले गर्नु भएको हो ?

    १। तपाईंले साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरूद्धमा '१९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रूतापूर्ण आरोप तयार गर्न, पार्टी विधानको व्यवस्थाविपरीत छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनधिकृत रूपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हितविपरीत कार्य गरेको र गराउनु पर्नाको कारण के हो ?

    २। पार्टी अध्यक्ष र महासचिवद्वारा मिति २०७७ चैत ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिन्ह र झण्डाको दुरूपयोग गरी मिति २०७७ चैत ४ र ५ गते कथित राष्ट्रिय भेला गर्न अग्रसरता लिएको, पार्टी कमिटी तथा भातृसंगठनहरूको कथित विभिन्न भेलाहरू गरी समानान्तर संगठन निर्माण गर्दै पार्टी फुटाउने काममा अगुवाइ किन गर्नुभएको हो ?

    ३। सम्मानीत सर्वोच्च अदालतको मिति २०७७ फागुन २३ गतेको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीका दशौं, एघारौं र बाहौं बैठक र संसदीय दलका बैठकहरूमा समेत उपस्थित हुनुको साटो पार्टीको विधान र निर्देशनविपरीत पार्टी र जनसंगठनहरूको नाम, झण्डा र चिन्हको दुरूपयोग गरी गराई कथित राष्ट्रिय कार्यक्रम र भेला तथा विभिन्न नामका कथित भेलाहरू आयोजना गर्न अग्रसरता गरी पार्टी एकता विरोधी प्रस्ताव प्रस्तुत एवम् पारित गर्नु र गराउनुको कारण के हो?

    ४ । माथि उल्लेखित क्रियाकलापहरूका साथै तपाईंले पार्टी हितविपरीत पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको पार्टी विधान तथा निर्णयविपरीत गुटबन्धी तथा षडयन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको, पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टीप्रतिको निष्ठा र विश्वासबाट च्यूत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर विभिन्न क्रियाकलापहरू सञ्चालन गरे गराएको, पार्टी कमिटीको गोपनीयता भंग गरे गराएको, पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षीसँग साँठगाँठ गरेगराएको, केन्द्रीय जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत विभिन्न कार्यहरू निरन्तर गरिरहेको गराइरहेको र यस्ता अवाञ्छित क्रियाकलापहरूमा पार्टीका जिम्मेवार व्यक्तिहरूलाई सम्मिलित गराएकोउक्साएको, अवान्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहीतविपरीत काम गरेगराएको, पार्टीको विधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरूले पालना गर्नुपर्ने भनि उल्लेखित कर्तव्यको उल्लंघन गरेगराएको समेत प्रष्ट देखिएकोले यस्तो क्रियाकलाप निरन्तर गरीगराई पार्टी हित विपरित, पार्टीको एकता, अक्षुण्णता र अग्रगामी कार्यको विरूद्ध पार्टीले राष्ट्रहीत तथा जनहीतका लागि गरिरहेको र गर्नुपर्ने कार्यलाई रोक्ने र पार्टी जीवन तथा समग्र पार्टीमाथि नै आँच आउने गरी पार्टीलाई विभाजनको दिशामा लान यस्ता विभिन्न अनुचित क्रियाकलापहरू गरेगराएको देखिएकोले त्यस्ता विभिन्न क्रियाकलापहरू के कति कारणले निरन्तर गर्नु गराउनु भएको हो ?

    मिति २०७७ चैत ७ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बाहौं बैठकको निर्णय बमोजिम माथि उल्लेखित विषयहरूमा तपाईंले पार्टी विधानको ४९ (क) को १, २, ३, १० र १४ को उल्लंघन गरेको सप्रमाण देखिएकोले तपाईंलाई पार्टी विधान बमोजिम कारबाही किन नगर्ने ? यस सम्बन्धमा माथि उल्लेखित सबै विषयहरूमा स्पष्ट पार्न तपाईंलाई तीन दिनको समय दिइएको छ। तीन दिनभित्र स्पष्टीकरणसहित लिखित जवाफ प्रस्तुत नगरेमा पार्टीको विधान र नियमावली बमोजिम कारबाही हुने व्यहोरा अवगत गराइन्छ।

    ईश्वर पोखरेल

    महासचिव

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology