Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकाको कोलोराडोको शहरमा बन्दुकधारीको गोली लागेर प्रहरीसहित १० जनाको मृत्यु

अमेरिकाको कोलोराडोको शहरमा बन्दुकधारीको गोली लागेर प्रहरीसहित १० जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १०, २०७७ मंगलवार • १२:१६:३२ बजे
  • 1.5K
    SHARES
  • अमेरिकाको कोलोराडोको  शहरमा बन्दुकधारीको गोली लागेर प्रहरीसहित १० जनाको मृत्यु

    अमेरिकाको कोलोराडोको बोल्डर शहरमा बन्दुकधारीको गोलीलागेर प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।समाचार एजेन्सी एएफपीका अनुसार बोल्डर शहरको टेबलमेसा इलाकामा रहेको ग्रोसरी बजारमा बन्दुकधारीले गोली चलाउदा प्रहरीसहित १० जनाको मृत्यु भएको हो ।

    images

    स्थानीय समय अनुसार सोमबार अपराहन्न ३ बजेको करिब भएको गोलीबारी एक दारी पालेको र पुरा कपडा नलगाएको व्यक्तिले गरेको प्रहरीले जनाएको छ ।प्रहरीले बन्दुकधारीलाई समातेको भिडियो प्रत्यक्षदर्शीले युट्युबमा लाइभ गरेका थिए ।

    कपडा नलगाएको र दार्ही पालेको एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको भिडियोमा देख्न सकिन्छ । ग्रोसरी भित्र रहेका ग्राहकहरु गोलि चलेको आवाज सुनेपछि पछाडीको ढोकाबाट बाहिर निस्किएका थिए ।

  • सम्बन्धित विषय:

  • # गोली
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology