पोखरा - नेकपा एमाले निकट विधार्थी संगठन अनेरास्ववियुमा समेत समान्तर कमिटी बनेको छ । एमाले भित्रका असन्तुष्ट पक्ष नेपाल खनाल पक्षका विधार्थीहरुको राष्ट्रिय भेलाले समानान्तर अखिलको अध्यक्ष सुदेश पराजुली, सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा चयन गरिएको छ । साविकको एमालेमा तीनैजना सचिव थिए । माधव समूहले अखिल नेपाल महिला संघ र युवा संघ नेपालमा पनि समानान्तर कमिटी बनाएको छ।