Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हेल्थ टिप्स

यो गर्मीमा के के ड्रिङ्स, मोही पो खानुपर्छ त, "प्रधानमन्त्री ओलीको हेल्थ टिप्स"

यो गर्मीमा के के ड्रिङ्स, मोही पो खानुपर्छ त, "प्रधानमन्त्री ओलीको हेल्थ टिप्स"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १२, २०७७ बिहिवार • १७:४७:१२ बजे
  • 1.7K
    SHARES
  • यो गर्मीमा के के ड्रिङ्स, मोही पो खानुपर्छ त, "प्रधानमन्त्री ओलीको हेल्थ टिप्स"

    पोखरा - प्रधानमन्त्री केपी शर्मा ओलीले बजारमा पाइने इनर्जी ड्रिङ्स स्वास्थ्यका हितकारी नभएको बताउँदै गाई भैंसीको मोही पिउन सुझाव दिएका छन् । बिहिबार ललितपुरमा कृषि मन्त्रालयले आयोजना गरेको पशुपंछी जन्य उत्पादनमा मुलुक आत्मनिर्भर घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मोही खान सुझाव दिएका हुन् ।

    images

    यो गर्मीमा के के ड्रिङ्स, मोही पो खानुपर्छ त । मोही पो खानुपर्छ । विदेशबाट बट्टामा इनर्जी ड्रिङ्स भनेर बिग्रिएको पानी पो आएको हुन्छ कि, केही थाहा हुँदैन । मोही दुई तीन दिनभित्र खाइ सक्नुपर्छ । फ्रिजमा राख्यो भने दुई चार दिनसम्म पनि लम्ब्याउन सकिन्छ । खाने मोही हो नि, मोहीमा जस्तो तागत के मा छ ? प्रधानमन्त्रीले भने ।

    प्रधानमन्त्री ओलीले डेरी उत्पादन जतिको स्वाथ्यवर्दक अरु पेय पदार्थ हुन नसक्ने बताए । यस्तै प्रधानमन्त्रीले विभिन्न ब्राण्डमा नेपालमा चकलेट उत्पादन गर्न सकिने बताएका छन् । उनले त्यस्ता चकलेटका सम्भावित ब्राण्डहरु समेत सिफारिस गरेका छन् । उनले भने उनले हामीले स्वीट्जरल्याण्ड, हल्याण्डको चकलेट किन खानुपर्यो ? हिमालय चकलेट किन नबनाउने ? माउन्ट एभरेष्ट चकलेट किन नबनाउने, माछापुच्छ्रे चकलेट किन नबनाउने ? फेवा चकलेट किन बनाउन नसक्ने ? फोक्सुन्डो चकलेट । हामीले उत्पादन गरेका दूधबाट यस्ता धेरै ब्राण्ड दिएर चकलेट बनाउन सकिने उनले सुझाए ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology