Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मन्त्रिपरिषद् विस्तार

प्रदेश १मा मन्त्रिपरिषद् विस्तार ,माओवादी र माधव नेपाल समूह छाडेका बने मन्त्री

प्रदेश १मा मन्त्रिपरिषद् विस्तार ,माओवादी र माधव नेपाल समूह छाडेका बने मन्त्री

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १३, २०७७ शुक्रवार • १४:४०:५९ बजे
  • 1.8K
    SHARES
  • प्रदेश १मा मन्त्रिपरिषद् विस्तार ,माओवादी र माधव नेपाल समूह छाडेका बने मन्त्री

    पोखरा - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तारित मन्त्रिमण्डलमा माओवादी केन्द्र छाडेका टंक आङ्बुहाङ र एमालेको नेपाल पक्ष छाडेको उषाकला राईलाई स्थान पाएका छन्। आङ्बुहाङ र राई सहित राम बहादुर मगर र अम्बिर बाबु गुरुङलाई समेत मन्त्री बनाइएको छ। यस्तै कला घले र राजकुमार ओझालाई राज्यमन्त्री नियुक्त गरिएको छ।

    images

    टंक आङ्बुहाङलाई आर्थिक मामिला तथा कानुन मन्त्रालय, राम बहादुर मगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय उषाकला राईलाई सामाजिक विकास मन्त्रालय, अम्बिर बाबु गुरुङलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। राज्यमन्त्रीको जिम्मेवारी पाएका राजकुमार ओझालाई उद्योग, पर्यटन, वन तथा वातावरण र कला घलेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिइएको छ।

    एमाले ब्युँतिएपछि आफूलाई साथ दिएकाहरुलाई मुख्यमन्त्री राईले मन्त्रिपरिषदमा सहभागी गराएका हुन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology