पोखरा - नेकपा एमाले माधवकुमार नेपाल समूहको बैठकले संसदीय दलको बैठकमा जाने भन्दै निर्णय गरेको छ ।
प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठक बोलाएका छन् । त्यसअघि बसेको नेपाल समूहका नेताहरुको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी,पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।