पोखरा -नेकपा एमालेले नेता माधव नेपाल र डा भीम रावललाई निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई जानकारी गराएका छन् ।
ओलीले नेता नेपाललाई पठाएको पत्रमा पार्टीका कुभलो चिताउनेसंग निरन्तर भेटघाट र भ्रम फिजाएर कार्यकर्ता फसाउने गरेको भन्दै पार्टीको बिधान २०४९ को (संशोधन ७१ समेत) को धारा ४९ को (ख) बमोजिम हाललाई ६ महिनाका लागि निलम्बन गरिएको उल्लेख छ ।