Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पुनरवलोकन गर्न निवेदन

प्रचण्ड द्वारा नेकपा नामको सम्बन्धमा परेको मुद्दाको फैसला पुनरवलोकन गर्न निवेदन दर्ता

प्रचण्ड द्वारा नेकपा नामको सम्बन्धमा परेको मुद्दाको फैसला पुनरवलोकन गर्न निवेदन दर्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १७, २०७७ मंगलवार • १६:३८:५० बजे
  • 1.2K
    SHARES
  • प्रचण्ड द्वारा नेकपा नामको सम्बन्धमा परेको मुद्दाको फैसला पुनरवलोकन गर्न निवेदन दर्ता

    पोखरा- सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसला पुनरवलोकन गर्न निवेदन दर्ता गर्नुभएको छ ।

    images

    सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि कट्टेल अध्यक्ष रहनुभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पक्षमा तथा तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी) कानूनी रुपमा अलगअलग पार्टी भएको भनी फैसला सुनाएको थियो । उक्त फैसलाको पुनरवलोकन गर्न आज अध्यक्ष दाहाल आफैँ सर्वोच्च अदालतमा पुगी पुनरवलोकन निवेदन दर्ता गराउनुभएको हो ।

    हामीलाई विश्वास छ, देशको राजनीतिक स्थायित्वका निम्ति, शान्ति र समृद्धिको नयाँ अभियानमा नेपाल जाँदैछ अध्यक्ष प्रचण्डले भन्नुभयो, यस्तो बेलामा एकताबद्ध भइसकेका दललाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले गरेकाले त्यसलाई सच्याउने छ भन्ने हामीलाई विश्वास छ ।

    उहाँले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय स्वागतयोग्य भएको तर गत फागुन २३ गते नेकपाको नाम सम्बन्धमा भएको फैसला भने आफूहरुलाई स्वाभाविक नलागेको उल्लेख गर्दै भन्नुभयो, फैसला अस्वाभाविक छ, अप्राकृतिक छ र राजनीतिक प्रकृतिको निर्णय भयो भनेर हामीले असहमति जनाएका थियौँ, त्यही फैसलालाई पुनरवलोकन गर्नुपयो भनेर मैले निवेदन दर्ता गराएको छु ।

    उक्त पुनरवलोकन निवेदनमाथि सुनुवाइ गर्नका लागि अदालतले निस्सा दिनुपर्ने हुन्छ । उक्त विषयमा पुनरवलोकन दिने वा नदिने भन्ने विषयमा अदालतले पेशी तोकेपछि मात्र थाहा हुनेछ । पुनरवलोकन निवेदनमा गत फागुन २३ गतेको फैसला सर्वोच्च अदालतको यसअघि प्रतिपादित नजिर र सिद्धान्तको प्रतिकूल भई गम्भीर त्रुटिपूर्ण रहेको हुँदा पुनरवलोकन हेरी त्रुटिपूर्ण आदेश बदर गरी संविधानअनुसार इन्साफ दिलाई पाऊँ भनिएको छ ।

  • सम्बन्धित विषय:

  • # पुनरवलोकन गर्न निवेदन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology