Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकाद्वारा म्यानमारसँगको व्यापार सम्झौता स्थगित

अमेरिकाद्वारा म्यानमारसँगको व्यापार सम्झौता स्थगित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १७, २०७७ मंगलवार • १६:४८:२७ बजे
  • 1.8K
    SHARES
  • अमेरिकाद्वारा म्यानमारसँगको व्यापार सम्झौता स्थगित

    पोखरा - अमेरिकाले सोमबार म्यानमारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यानमारसँगको व्यापार सम्झौता स्थगित गरेको छ । गत फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल प्रयोग गरेको छ ।

    images

    सेनाले निर्वाचित सरकारलाई विस्थापित गरेको छ भने नेतृ आङ सान सू की र अन्य नेताहरुलाई नजरबन्दमा राखेको छ ।

    अमेरिकी व्यापार प्रतिनिधि केथेरिन ताईले जारी गर्नु भएको विज्ञप्तिमा संयुक्तराज्य अमेरिकाले लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारको तत्काल पुनर्वहाली भएको हेर्न चाहन्छ भनिएको छ ।

    संयुक्तराज्य अमेरिका बर्मेली सेनाले निहत्था नागरिकमाथि गरिरहेको हिंस्रक आक्रमणप्रति कडा शब्दमा निन्दा एवं भत्र्सना गर्दै विज्ञप्तिमा भनिएको छ, शान्तिपूर्ण प्रदर्शनकारी, विद्यार्थी, कामदार, श्रमिक नेताहरु, स्वास्थ्यकर्मी, र बालबालिकाको हत्याले अन्तर्राष्ट्रिय समुदायलाई हतप्रभ बनाएको छ ।

    साथै विज्ञप्तिमा संयुक्तराज्य अमेरिकाले म्यानमारसँग सन् २०१३ मा गरेको व्यापार तथा लगानी संरचना सम्झौतालाई तत्काल निलम्बन गरेको उल्लेख छ । उक्त सम्झौता बमोजिम दुई मुलुकले म्यानमारको अर्थतन्त्रलाई विश्व व्यापारसँग एकीकृत गर्ने प्रयास स्वरुप व्यापार र लगानीका विषयमा सहकार्य हुँदै आएको छ । म्यानमारको सेनाले लोकतान्त्रिक शासन व्यवस्थालाई समर्थन जनाएपछि उक्त सम्झौता गरिएको थियो ।

    तर अमेरिकी व्यापार प्रतिनिधि ताईको सोमबारको घोषणाबाट दुई मुलुकबीचको व्यापार भने तत्काल रोकिने छैन ।

    यही कारण संयुक्तराज्य अमेरिकाले म्यानमारमाथि अलग्गै प्रतिबन्धहरु लगाउँदैछ । उदाहरणका लागि, संयुक्तराज्य अमेरिका र बेलायतले म्यानमारको सेनाको नियन्त्रणमा रहेका दुई ठूला व्यापारिक कम्पनीहरु म्यानमार इकोनोमिक होल्डिङ्स लिमिटेड र म्यानमार इकोनोमिक कर्पोरेसनमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

    ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले म्यानमारको निर्यात व्यापारमा नियन्त्रण गर्न थालिएको र केही बर्मेली व्यवसायलाई कालोसूचीमा राखिएको जानकारी दिनु भएको छ ।

    म्यानमार र संयुक्तराज्य अमेरिकाबीचको व्यापार त्यति ठूलो छैन । गत वर्ष अमेरिकाले म्यानमारतर्फ करिब ३३ करोड ८० लाख डलरको सामग्री निर्यात गरेको थियो भने करिब एक अर्ब डलर बराबरको आयात गरेको थियो ।

    तर अमेरिका र अन्य विकसित मुलुकहरु म्यानमारका तयारी पोशाकका प्रमुख खरिदकर्ता रहेका छन् । यी कारखानाहरु अधिकांश विदेशीले खोलेका छन् । यी कारखानाले गरिबीको चपेटामा परेको म्यानमारमा लाखौंलाई रोजगारी उपलब्ध गराएका थिए । रासस

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology