Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उरुग्वेका राष्ट्रपति पाउले लगाए चिनियाँ खोप कोरोना भ्याकको पहिलो डोज

उरुग्वेका राष्ट्रपति पाउले लगाए चिनियाँ खोप कोरोना भ्याकको पहिलो डोज

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १७, २०७७ मंगलवार • १६:५३:४८ बजे
  • 1.3K
    SHARES
  • उरुग्वेका राष्ट्रपति पाउले लगाए चिनियाँ खोप कोरोना भ्याकको पहिलो डोज

    उरुग्वेका राष्ट्रपति लुइज लाकाल पाउले सोमबार कोभिड १९ विरुद्धको चिनियाँ खोप कोरोनाभ्याकको पहिलो डोज लगाउनु भएको छ । यो खोप चीनको औषधि निर्माता कम्पनी सिनोभ्याकले उत्पादन गरेको छ ।

    images

    राजधानी मोन्टेभिडियोको मासिएल अस्पतालमा खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति पाउले कोरोनाभाइरसको उपचार, हेरचाह र खोप लगाउने कार्यमा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्नुभयो ।

    उरुग्वेले गत मार्च १ देखि खोप अभियान शुरु गरेको थियो । राष्ट्रपति पाउले आफ्नो उमेर समूहले खोप लगाउने पालो आएपछि मात्र आफूले खोप लगाउने घोषणा गर्नु भएको थियो ।

    उरुग्वेमा ५० देखि ७० वर्ष तथा ८० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिका लागि खोप अभियान चालू छ । साथै स्वास्थ्यकर्मी, शैक्षिक व्यक्तिहरु र सुरक्षा फौजका सदस्यहरुलाई पनि खोप दिइनेछ । उरुग्वेले १८ वर्षभन्दा माथिका सबै व्यक्तिलाई खोप दिने यसअघि नै घोषणा गरिसकेको छ ।

    उरुग्वेमा एक महिनाको अवधिमा पाँच लाख ३० हजारभन्दा बढी व्यक्तिलाई खोप लगाइएको छ, र यो कूल जनसंख्याको करिब १५ प्रतिशत हो ।

    सन् २०२० मार्च १३ यता उरुग्वेमा कोभिड १९ बाट करिब एक लाख व्यक्ति संक्रमित भएका र त्यसमध्ये करिब ९०० व्यक्तिको मृत्यु भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology