पोखरा - नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी अमरसिंह माविको तेस्रो अधिवेशनबाट अध्यक्षमा शिशिर भट्टचन चयन भएका छन् ।साथै सायद क्षेत्रीलाई इन्चार्जका रुपमा चयन गरेको छ भने अधिवेशनबाट सह–इन्चार्जमा सुनिता गुरुङलाई चयन् गरेको छ ।
आज भएको अधिवेशनमा उपाध्यक्ष सृष्टि श्रेष्ठ, रुपेश गुरुङ तथा कर्णचन श्रेष्ठ,सचिवमा दक्षिणा थापा, सह–सचिवमा सजना राणा तथा सिजन गुरुङ रहेका छन । त्यस्तै कोषाध्यक्षमा सौगात गुरुङ, महिला विभाग प्रमुखका रुपमा मुना सुवेदी, उप–प्रमुखमा नविमा खड्गी, युवातर्फको प्रमुखका रुपमा सुदिप चापागाईं, उपप्रमुखमा मुनाल लामा चयन भएका छन् । यता व्यवस्थापन संकायको प्रमुखमा सचिन गौतम, उपप्रमुखमा आर्यन गुरुङलाई चयन गरिएको छ । मानविकी संकायमा प्रमुखका रुपमा सीता थापा तथा उपप्रमुखका रुपमा सविना पौडेल चयन भएका छन् ।
अखिल क्रान्तिकारी केन्द्रीय सचिव प्रविना अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रको सभाध्यक्षका रुपमा मनिष तामाङ रहेका थिए । सो कार्यक्रममा माओवादी केन्द्र कास्की जिल्ला सदस्य तोरण गुरुङ, रुद्र विश्वकर्मा, अमरसिंह मावि व्यवस्थापन समिति सदस्य चन्द्र पराजुली, अखिल क्रान्तिकारी कास्की जिल्ला संयोजक वसन्त भट्टचन, पोखरा विश्वविद्यालय अखिल क्रान्तिकारी अध्यक्ष विनायक तिमिल्सिना, पियु नेता पवन लम्साल, जिल्ला नेता शरण विश्वकर्मा, प्रेम बुढामगर ताथ पेकका नेता सफल श्रेष्ठको सहभागिता थियो ।
१९ पदाधिकारी, ३५ सचिवालय सदस्य तथा २ सय २ सदस्य रहने गरि कमिटी विस्तार गरेको छ ।