Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङमा कोरोना कहरबीच राजश्व सङ्कलनमा वृद्धि

बागलुङमा कोरोना कहरबीच राजश्व सङ्कलनमा वृद्धि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ४, २०७७ आइतवार • १८:५१:५४ बजे
  • 3.9K
    SHARES
  • बागलुङमा कोरोना कहरबीच राजश्व सङ्कलनमा वृद्धि

    बागलुङ - आन्तरिक राजश्व कार्यालय बागलुङमा कोरोना कहरबीच राजश्व सङ्कलनमा वृद्धि भएको छ । आन्तरिक राजश्व कार्यालयले गत आथिक वर्ष २०७६/७७ मा रु ९९ करोड ९७ लाख आठ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले आव ०७६/७७ अनुमान गरेको राजश्वभन्दा बढी रकम सङ्कलन भएकोे जनाएको छ । गत आवमा रु ९६ करोड ५४ लाख ९२ हजार राजश्व सङ्कलनको लक्ष्य रहेकामा लक्ष्य भन्दा रु तीन करोड ४२ लाख १६ हजारभन्दा बढी राजश्व सङ्कलन भएको छ ।

    images

    कोरोना सङ्कटबीच उद्योग तथा व्यवसाय धराशयी बन्दै गइरहेको अवस्था र राजश्व सङ्कलनमा कमी आइरहेको सन्दर्भमा राजश्व कार्यालयले भने लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख हेमराज सुवेदीका अनुसार आव ०७६/७७ मा मूल्य अभिवृद्धि करबाट रु ३० करोड ३३ लाख सात हजार, आयकरबाट ६७ करोड २० लाख ७१ हजार र अन्तः शुल्क बापत दुई करोड ४० लाख ५७ हजार सङ्कलन भएको छ ।

    “कोरोना सङ्कटबीच राजश्व सङ्कलनमा गिरावट आउने अनुमान गरिएको थियो”, उनले भने, “जस्तोसुकै सङ्कटमा समेत राज्यलाई समयमै कर तिर्नुपर्दछ भन्ने व्यवसायीको मनमा आएको देखियो, त्यसैले राजश्व लक्ष्यभन्दा बढी सङ्कलन भएको हो ।”

    कार्यालयका अनुसार आव ०७५/७६ सालमा रु ६८ करोड १८ लाख २० हजार सङ्कलन भएकामा आव ०७६/७७ मा ४६ प्रतिशतले राजश्वमा वृद्धि भएको हो । आव ०७६/७७ मा कार्यालयले तीन हजार ८६९ व्यवसायी पान नं, व्यक्तिगत पान नं १३ हजार ९ सय ८०, भ्याट २ सय ५४, अन्य प्रकारका पान ४ सय ७८ गरी करको दायरा विस्तार गरिएको जनाएको छ ।

    यस अवधिमा रहेको बेरुजु रकम रु चार करोड ९५ लाखमध्ये रु चार करोड ५० लाख बेरुजु संपरीक्षण गरी ९० प्रतशत बेरुजु फछ्र्योट गरेको आन्तरिक राजश्व कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए ।

    यस्तै कार्यालयले गत आवमा कार्यालयको सेवा क्षेत्र भित्रको जिल्लाहरु बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ गरी १४ स्थानमा करदाता शिक्षा प्रदान गरिएको, ८९ वटा पसलको अनुगमन गरी करको दायरामा ल्याई रु एक लाख ३५ हजार जरिवाना गरिएको छ ।

    यस्तै कार्यालयले २०७७ साउन १ गतेदेखि वार्षिक रु २० लाख सम्मको कारोवार र दुई लाख सम्मको आय हुने कर दाताले बुझाउने कर बंैक तथा अनलाइनबाट कर चुक्ता गर्न सकिने व्यवस्था गरिएको छ । यस व्यवस्थाले थोरै रकम कर चुक्ता गर्न धेरै कम खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # राजश्व
  • # बागलुङ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology