Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रतिनिधिसभा बैठक : टीकापुर घटनामा रेशम चौधरी लगायत ५८ जना निर्दोष - सांसद चौधरी

प्रतिनिधिसभा बैठक : टीकापुर घटनामा रेशम चौधरी लगायत ५८ जना निर्दोष - सांसद चौधरी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १८, २०७७ बुधवार • १७:४०:४५ बजे
  • 841
    SHARES
  • प्रतिनिधिसभा बैठक : टीकापुर घटनामा रेशम चौधरी लगायत ५८ जना निर्दोष - सांसद चौधरी

    पोखरा - सत्तारुढ नेकपा (एमाले)की सांसद गङ्गा चौधरी सत्गौवाले रेशम चौधरी निर्दोष रहेको दाबी गरेकी छिन्। दुनियाँको नजरमा उनी अपराधी हुन भन्ने भ्रम परेको दाबी गर्दै घटनाका बेला उनी टिकापुर नभएको चौधरीको दाबी छ।

    images

    दुनियाँको नजरमा रेशम चौधरी अपराधी हुन भन्ने भ्रम परेको छ बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले भनिन्, अपराधीको पक्षमा गङ्गा चौधरी लागिन भन्ने लाग्न पनि सक्द । तर, म दावीका साथ भन्न सक्दछु कि रेशम चौधरी लगायत ५८ जना निर्दोष छन् ।

    सरकार र थारु कल्याणकारिणी सभाबीच भइरहेको वार्ताको स्वागत गर्दै उनले रेशम राजनीतिक कारणले फसाइएको दावी गरिन्। घटना घटेका बेला रेशम चौधरी टिकापुर थिएनन्, बर्दीयामा थिए, उनको दाबी छ, त्यहाँका जनतालाई राम्ररी थाहा छ, टीकापुर घटना राजनीतिक कारणले घटेको थियो । राजनीतिक कारणले नै फसाइएका हुन् । यो त्यहाँका जनतालाई पनि राम्रोसँग थाहा छ ।

    आरोपकाबीच पनि रेशम चौधरीले भारती मतसहित चुनाव जित्नु नै रेशम निर्दोष भएको प्रमाण भएको उनको दाबी छ। चौधरी भन्छिन्, यो घटना घटाइएपछि भएको आम निर्वाचनमा कुनै प्रचार प्रसार वेगर त्यहाँका जनताबाट भारी बहुमतले जिताउनु नै निर्दोषिताको प्रमाण हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology