Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रतिनिधिसभा बैठक : म्यानमारमा प्रजातन्त्र पुनर्बहाली गराउन अन्तर्राष्ट्रिय दबाब दिऊँ - सांसद केसी

प्रतिनिधिसभा बैठक : म्यानमारमा प्रजातन्त्र पुनर्बहाली गराउन अन्तर्राष्ट्रिय दबाब दिऊँ - सांसद केसी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १८, २०७७ बुधवार • १७:४५:३१ बजे
  • 784
    SHARES
  • प्रतिनिधिसभा बैठक : म्यानमारमा प्रजातन्त्र पुनर्बहाली गराउन अन्तर्राष्ट्रिय दबाब दिऊँ - सांसद केसी

    पोखरा - नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले म्यानमारमा प्रजातन्त्र पुनःस्थापनाको पक्षमा अन्तर्राष्ट्रिय दबाब बढाउन नेपालले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद केसीले कांग्रेस विश्वभर लोकतन्त्र र शान्तिको पक्षमा रहेको बताए ।

    images

    म्यानमारमा केहीदिन यता सैन्य सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको छ । यस्तो दमन तत्काल रोकेर निर्वाचित सरकार पुनर्वहाली गर्न र आङ साङ सुकीसहित सबै बन्दी रिहा गर्न दवाव बढाउन माग गर्दछु केसीले भने ।काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना साकार भएको भन्दै सांसद केसीले ३ दशकदेखि भएका कामको जस अहिलेको सरकारले लिन खोज्नु हास्यास्पद भएको समेत बताए ।

    सांसद केसीले बागलुङ र प्युठानको सीमानामा पर्ने बल्देधुरामा कांग्रेसका २ जना कार्यकर्ताको हत्या गरिएको भन्दै दोषीमाथि कडा कारबाहीको माग समेत गरे ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology