Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रतिनिधिसभा बैठक : सरकारले इतिहासमै ठूलो काम गरेको छ, सलाम गर्न चाहन्छु - प्रमुख सचेतक चौधरी

प्रतिनिधिसभा बैठक : सरकारले इतिहासमै ठूलो काम गरेको छ, सलाम गर्न चाहन्छु - प्रमुख सचेतक चौधरी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १८, २०७७ बुधवार • १७:५८:३७ बजे
  • 2.7K
    SHARES
  • प्रतिनिधिसभा बैठक : सरकारले इतिहासमै ठूलो काम गरेको छ, सलाम गर्न चाहन्छु - प्रमुख सचेतक चौधरी

    पोखरा - नेकपा (एमाले) की प्रमुख सचेतक शान्ता चौधरीले सरकारले इतिहासमै ठूलो काम गरेको बताएकी छिन्। विद्रोही शक्तिलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएको उल्लेख गर्दै चौधरीले यस्तो बताएकी हुन्।

    images

    विद्रोही शक्तिलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा सरकारले प्रवेश गराएको छ, बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै चौधरीले भनिन्, खुल्ला धन्यावाद दिनुको सट्टा अहिले पनि सरकारको विरोध गरिरहनु भएको छ । अब नेपालमा कोही पनि विद्रोही रहने छैनन् । इतिहासमै ठूलो काम गरेको छ सरकारले । म सलाम गर्न चाहन्छु ।

    उनले यही सरकारका कारण देशका सबै पालिकामा अस्पताल पुगेको, समाजिक सुरक्षा भत्ता बढाउँदै लगेको बताइन् । चौधरीले नेपालले कोरोना खोप अरु देश भन्दा पहिले ल्याएर लगाउन शुरु गरेको भन्दै सरकारलाई धन्यावाद दिइन् । उनले भनिन्, नेपाल सरकारले कोरोनाको खोप यति छिटो ल्याएर लगाउन शुरू गरिसकेको छ । यसका लागि पनि म धन्यवाद दिन चाहान्छु ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology