पोखरा । नेकपा एमाले नेता माधव कुमार नेपालले केन्द्र देखी स्थानीय तह सम्म समानान्तर समितिहरु निर्माण गरी पाटीृ संञ्चालन गर्ने बताएका छन । काठमाडौमा यूवा संघको केन्द्रीय कार्यलय उद्घाटन गरेर पोखरा आईपुगेका नेता नेपालले समानान्तर जिल्ला समिति घोषणा गर्दे केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर आफ्नो नेतृत्वमा नयाँ कमिटी बनाउने घोषणा समेत गरे ।
आफू पक्षका नेता तथा कार्यकर्तालाई संगठित हुन निर्देशन दिँदै नेता नेपालले कमिटीका बैठकहरू नियमित रुपमा संञ्चालन गर्न पनि निर्देशन दिए । नेपाल पक्षले धनराज आचार्यको नेतृत्वमा सचिवमा होमबहादुर नेपाली रहेको कास्की जिल्लास्तरीय समानान्तर कमिटी गठन गरेको छ ।
जिल्लासँगै प्रदेश र केन्द्रीय निकायहरु पनि बनाउने बताएका उनले आयोगमा कानुनी विषय भएकाले छुट्टै केन्द्रीय कमिटी भने नबनाउने उनले प्रष्ट पारे ।
"भोलि गाउँपालिकाको चुनाव भयो भने हामी दिन्छौं टिकट । प्रदेशसभाको सदस्य बनाउन हामी चयन गर्छौ, उम्मेदवार । राष्ट्रियसभा र प्रतिनिधिसभाको चुनावको टिकट पनि हामी दिन्छौं, उनले अघि भने, घोषणा गरुन् त चुनाव, हामी अरुसँग सिटको तालमेल गर्छौं, सबैलाई मिलाएर लान्छौं । यसका लागि मोहन वैद्यदेखि मोहनविक्रम सिंहसम्म सबैसँग कुराकानी भएको उनले बताए ।
८ लाखमध्ये ६ लाख कार्यकर्ता आफूहरुसँग रहेको भन्दै उनले भने, हिम्मत छ भने कारबाही गरे हुन्छ ।
यद्यपि २८ फागुनका निर्णय फिर्ता लिन र २ जेठ २०७५ मा फर्किने हो भने सबै बिर्सिन तयार रहेको उनले बताए । केपी ओली पनि सुध्रिउन् भनिरहेको भन्दै उनले भने, केपी ओली तयार छन् ? छैनन् किनभने प्रधानमन्त्री पद जान्छ कि भने चिन्ता छ, अध्यक्ष पद जान्छ कि भन्ने चिन्ता छ ।