कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ८ हजार ९ सय २ पुगेको छ । संक्रमितको संख्या बढेर १ करोड ४६ लाख ४१ हजार ८ सय १९ पुुगेको छ । संक्रमितमध्ये ८७ लाख ३५ हजार १ सय ५८ जना उपचारपछि घर फर्किएका छन् भने ५९ हजार ८ सय १९ जनाको अवस्था गम्भीर छ ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ४३ हजार २ सय ८९ जनाको ज्यान गएको छ । ब्राजिलमा ७९ हजार ५ सय ३३, भारतमा २७ हजार ५ सय ३, रसियामा १२ हजार ३ सय ४२, पेरुमा १३ हजार १ सय ८७, मेक्सिकोमा ३९ हजार १ सय ८४, स्पेनमा २८ हजार ४ सय २० र बेलायतमा ४५ हजार ३ सय जनाको ज्यान गएको छ ।