Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा एमाले विवाद

एमाले अध्यक्ष ओलीले गरे घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन

एमाले अध्यक्ष ओलीले गरे घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १९, २०७७ बिहिवार • १३:३७:४० बजे
  • 1.5K
    SHARES
  • एमाले अध्यक्ष ओलीले गरे  घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन

    नेकपा एमालेका नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ओली समुहले ६ महिना निलम्बन गरी कारबाहीको घोषणा गरेका छन् । पार्टी हित विपरितको गतिविधि गरेको भन्दै यसअघि स्पष्टीकरण सोधिएका पाण्डे र भुसाललाई ओलीले बिहीबार ६ महिना निलम्बनको घोषणा गरेका हुन् । ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पनि ६ महिना निलम्बन गरेका थिए ।

    images

    प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उनीहरुको जवाफ चित्त बुझ्ने नभएकाले अध्यक्षले निलम्बनको निर्णय गरेको जानकारी दिए ।

    चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले नेपालसहित रावल, पाण्डे र भुसालले पार्टी हित विपरितको गतिविधि गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    सो अनुसार चैत ८ गते महासचिव ईश्वर पोखरेलले चारै जनालाई स्पष्टीकरण सोधेकोमा नेपाल र रावलले चैत १२ मा उल्टै ओलीलाई प्रश्नको वर्षा गर्दै स्पष्टीकरण बुझाएका थिए भने पाण्डे र भुसालले चाहिँ मंगलबारमात्रै स्पष्टीकरण बुझाएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology