नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मंगला गाउँपालिकाले आज बसेको पालिका बैठकले मंगला गाउँपालिका बाबियाचौरमा कार्यलय स्थापना गरेको छ ।
गाउँपालिका सचीव याम रोकाको अध्यक्षतामा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) गण्डकी प्रदेश सदस्य तथा मंगलागाउँ पालिका इन्चार्ज टेक बहादुर विक (सुवास ) को प्रमुख अतिथि,जिल्ला सचिवालय सदस्य चन्द्र बुढाथोकीको विशिष्ट अतिथिमा उल्लेख्य रुपमा पार्टीको पालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
उपस्थित सदस्यहरु : मोहनलाल शर्मा,मन माया पुन चोचान्ङ्गे ,दल वीर पुन, सक बहादुर थापा,कर्ण गिरि,अर्जुन शाही, पृथिलाल विक, शिव विक, इन्द्र मति पुन, राज कुमार पाण्डे,शारदा सापकोटा, मन बहादुर मगर, याम कुमारी पुन, कुल पुन, जमुना मल्ल,उमेश विक,मन प्रसाद कडेल, लाल बहादुर विक, बाल कृष्ण पुर्जा, खिमनाथ आचार्य, पक बहादुर दर्जी रहेका थिए ।
पार्टीको सर्कुलर अनुसार पालिकाको कार्यलय स्थापना गरेको सचीव याम रोकाले मयूरपाटी डिजिटल पत्रीकालाई बताउनु भयो ।
अन्य स्थान भन्दा मंगला गाउँपालिकामा संगठनको हिसाबले माओवादी केन्द्र बलियो रेहेको प्रमुख अतिथी, इन्चार्ज टेक बहादुर विक ( सुवास ) भन्नू हुन्छ । आगामी दिनमा हामी पुराना नयाँ कमरेडहरुलाई व्यवस्थित तरिकाले संगठन निर्माण गरेर जनताका गुनासोलाई उच्च प्राथमिकताको साथ सम्बोधन गर्नेछौ यसको लागि तयारी गरेको पनि जानकारी दिनु भयो ।
पछिल्लो समय राजनीति अन्योलका कारण जनतामा निराश छाएको छ । हामिले लडेर ल्याएको उपलब्धि गुम्ने स्थिति आएको हुँदा अब हामी सशक्त रुपमा संगठन विस्तार गरेर अगाडि बढ्ने मंगला गाउँपालिकामा माओवादी केन्द्र प्रथम हुने गरि काम गर्ने उपस्थिति सदस्यहरुले बताए ।