Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ३४ जनाको मृत्यु

ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ३४ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २०, २०७७ शुक्रवार • १३:५१:५९ बजे
  • 1.1K
    SHARES
  • ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ३४ जनाको मृत्यु

    ताइपेई । ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दर्जनौं घाइते भएका छन् । ३५० यात्रु बोकेर राजधानी ताइपेईबाट ताइटङ शहर जाँदै गरेको रेल सुरुङमार्गमा दुर्घटना भएको हो ।

    images

    रेल स्थानीय समयअनुसार शुक्रबार बिहान ९ बजे दुर्घटना भएको बीबीसीले जनाएको छ । बीबीसीकाअनुसार दुर्घटनाका कारण रेलका डिब्बाहरूमा ठूलो क्षति पुगेको छ भने ७२ जना सुरुङभित्रै थुनिएका छन् । उनीहरूको उद्धारकार्य जारी रहेको यहाँको सेन्ट्रल इमरजेन्सी अपरेसन सेन्टरले जनाएको छ ।

    ताइवानका राष्ट्रपति साइ इङ्ग उनले एक विज्ञप्ती जारी गर्दै फसेकाहरुको उद्धार कार्यलाई उच्च प्राथमिकता दिइएको बताएका छन् ।

    स्थानीय सञ्चारमाध्यमकाअनुसार मर्मतका लागि राखिएको एउटा सवारी खस्दा रेल लिकबाट बाहिर निस्केकाले दुर्घटना भएको हो । रेलमा रहेका अधिकांश यात्रुहरु ‘टम्ब स्विपिङ पर्व मनाउन आएका पर्यटक रहेको अनुमान गरिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

  • सम्बन्धित विषय:

  • # रेल दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology