Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा (माओबादी) केन्द्र अन्नपुर्ण गॅाउपालिकाको भेला तथा कार्यालय स्थापना कार्यक्रम सम्पन्न

नेकपा (माओबादी) केन्द्र अन्नपुर्ण गॅाउपालिकाको भेला तथा कार्यालय स्थापना कार्यक्रम सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २०, २०७७ शुक्रवार • १८:००:३६ बजे
  • 3.3K
    SHARES
  • नेकपा (माओबादी) केन्द्र अन्नपुर्ण गॅाउपालिकाको भेला तथा कार्यालय स्थापना कार्यक्रम सम्पन्न

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अन्नपुर्ण गाउँपालिकाको भेला बैठक तथा कार्यालय स्थापना कार्यक्रम सम्पन्न भएको छ।

    images

    नेकपाको सम्बन्धमा पछिल्लो सर्बोच्च अदालतको निर्णय पछी साबिकको नेकपा माओबादी केन्द्रको कार्यालय पालिकाको केन्द्र पोखरेबगरमा स्थापना गरिएको हो।

    गाउँपालिका सचीव पुर्ण पाईजाको  अध्यक्षतामा बसेको बैठक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) गण्डकी प्रदेश सदस्य टेकबहादुर विक (सुवास ) को प्रमुख आतिथ्यता जिल्ला सचिवालय सदस्य तथा गॅाउपालिका ईन्चार्ज बुद्दी पुनको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो।उक्त कार्यक्रममा पार्टीको गॅाउपालिका स्तरका सदस्यहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि टेक बहादुर बिक ले माओबादीले बिकास र समृद्दीको सपना देखेर एमाले संग एकता गरे पनी केपी वलीले केबल प्रधानमन्त्रीको लागी मात्र एकता सोचेको र प्रधानमन्त्रीको कुर्ची माथी तल माथी हॅुदा बित्तिकै षडयन्त्र पुर्वक पार्टी फुटाएर नेपाली जनताले दिएको दुई तिहाईमतको अपमान गरेको बताउनु भयो।

    अन्नपुर्ण गाउँपालिकामा संगठनको हिसाबले माओवादी केन्द्र केही कमजोर भए पनि आगामी दिनमा हामी पुराना नयाँ कमरेडहरुलाईव्यवस्थित तरिकाले संगठन निर्माण गरेर जनताका गुनासोलाई उच्च प्राथमिकताको साथ सम्बोधन गर्नेछौ यसको लागि तयारी गरेकोपनि जानकारी दिनु भयो ।  पछिल्लो समय राजनीति अन्योलका कारण जनतामा निराश छाएको छ । हामिले लडेर ल्याएको उपलब्धि गुम्ने स्थिति आएको हुँदा अबहामी सशक्त रुपमा संगठन विस्तार गरेर अगाडि बढ्ने बिशिष्ट अतिथि बुद्दी पुनले बताउनु भएको थियो।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology