Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सडक शिलान्यास

डीपीआर र वातावरणीय अध्ययन बिनै प्रधानमन्त्रीले बालुवाटारबाट १६५ वटा सडक शिलान्यास गर्दै

डीपीआर र वातावरणीय अध्ययन बिनै प्रधानमन्त्रीले बालुवाटारबाट १६५ वटा सडक शिलान्यास गर्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २१, २०७७ शनिवार • ११:२३:२६ बजे
  • 1.3K
    SHARES
  • डीपीआर र वातावरणीय अध्ययन बिनै प्रधानमन्त्रीले बालुवाटारबाट १६५ वटा सडक शिलान्यास गर्दै

    पोखरा -  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गर्दै छन । उनले शनिबार विहान ११ बजे बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गर्न लागेका हुन् ।

    images

    हरेक निर्वाचन क्षेत्रमा एक एक वटा सडकको दरले शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार प्रधानमन्त्री ओलीले स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने छन् । गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गरेका थिए ।

    सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

    यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ । बहुवर्षीय ठेक्का अन्तरगत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन तयार भएको छैन ।

  • सम्बन्धित विषय:

  • # सडक शिलान्यास
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology