Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल समूहले देशभर दुई महिनाका लागि पार्टी सुदृढीकरण अभियान चलाउने

नेपाल समूहले देशभर दुई महिनाका लागि पार्टी सुदृढीकरण अभियान चलाउने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २१, २०७७ शनिवार • १७:५६:१३ बजे
  • 1.8K
    SHARES
  • नेपाल समूहले देशभर दुई महिनाका लागि पार्टी सुदृढीकरण अभियान चलाउने

    पोखरा - नेकपा एमालेको माधव नेपाल समूहको स्थायी समिती बैठकले दुई महिनाका लागि पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ। शनिवार वसेको वैठकले पार्टी सुदृढीकरण अभियानको लागि केन्द्रका नेताहरु खटाएर देशभर विचार गोष्ठी आयोजना गर्ने निर्णय भएको नेता योगेश भट्टराईले बताए ।

    images

    जसअन्तर्गत प्रशिक्षण, भेला र संगठन विस्तारमा जोड दिइने उनले बताए। त्यस्तै, आजको बैठककले एकता बचाउनका निम्ति फागुन २३ को फैसला अनुसार नै एकतामा फर्कन अध्यक्ष केपी ओलीलाई आग्रह गर्ने निर्णय समेत गरेको उनले बताए।उनले भने, हामीलाई कारबाही ठूलो कुरो लागेको छैन। कारबाहीले छुँदैन। कुनै दिन केपी ओलीले पुनर्विचार गर्नु हुनेछ। फर्किनु उत्तम विकल्प हो।

    यसैगरी, वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउन काठमाडौंमा भव्य कार्यक्रम गर्ने तथा जेठ ३ गते मदन आश्रित स्मृति दिवस मनाउने निर्णय बैठकले गरेको छ।एमालेको स्थायी कमीटीले ૪ र ५ गतेको भेलामा प्रस्तुत प्रतिवेदनमा आएका सुझाव समेटेर त्यसलाई अन्तिम रुप दिइने समेत नेता भट्टराईले जानकारी दिए। त्यस्तै, पार्टीभित्रका कार्यशैलीगत भिन्नताका बारेमा प्रशिक्षण पुस्तिका समेत प्रकाशन गरिने उनको भनाइ थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology