Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राजीजामा

प्रधानमन्त्री ओलीले राजीनामा दिने घोषणा !

प्रधानमन्त्री ओलीले राजीनामा दिने घोषणा !

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २१, २०७७ शनिवार • १८:१८:३० बजे
  • 2.5K
    SHARES
  • प्रधानमन्त्री ओलीले राजीनामा दिने घोषणा !

    पोखरा - माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा आइहाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन्।

    images

    बालुवाटारबाट देशभरका १ सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई पहिले समर्थन फिर्ता लिन चुनौति दिएका हुन्।

    ओलीले भने, l राजीनामा त माग्या माग्यै छन् । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न।

    ओलीले काठमाडौँमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले मेलम्चीको पानी आएको समाचार नदिने तर प्रधानमन्त्रीको राजीनामा मागियो भनेर हेडलाइन बनाउने गरेको भन्दै आक्रोश पोखे।

  • सम्बन्धित विषय:

  • # राजीनामा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology