Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ब्यान्ड भर्सेस ब्रान्ड

मन्त्रीलाई लोकल रक्सी उपहार

मन्त्रीलाई लोकल रक्सी उपहार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २१, २०७७ शनिवार • १८:२४:५१ बजे
  • 1.5K
    SHARES
  • मन्त्रीलाई लोकल रक्सी उपहार

    खोटाङ खोटाङका स्थानीयले प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईलाई लोकल रक्सी उपहार दिएका छन् । सामाजिक विकासमन्त्री भएपछि पहिलोपल्ट गृहजिल्ला प्रवेश गरेकी राईलाई शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १४ बुइपाका स्थानीयले आल्चाको तिनपाने रक्सी उपहार दिएको हो ।

    images

    खोटाङको पहिलो महिला मन्त्रीका रूपमा वडा कार्यालय बुइपाले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री राईलाई बधाइसँगै उपहारस्वरूप एक बोत्तल लोकल रक्सी दिइयो ।कार्यक्रममा बुइपाका वडाध्यक्ष दिनेश राईले ‘ब्यान्ड भर्सेस ब्रान्ड की अभियन्ताका रूपमा चिनिएकी मन्त्री राईलाई उपहारस्वरूप आल्चाको तिनपाने रक्सी प्रदान गरेका थिए । स्थानीयको आर्थिकोपार्जनका लागि घरेलु रक्सीलाई औद्योगिकीकरण, बजारीकरण र व्यावसायिकीकरण गर्ने सपना साकार पार्न हौसलास्वरूप मन्त्रीलाई रक्सी उपहार दिइएको वडाध्यक्ष राईले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर ४ खाल्ले घर भएकी राई गत १३ चैतमा प्रदेशको सामाजिक विकासमन्त्री नियुक्त भएकी हुन् । लोकल रक्सीमाथिको प्रतिबन्ध फुकुवा गरेर औद्योगिकीकरण गर्नुपर्ने आवाज उठाउँदै आएकी राई नै मन्त्री बनेपछि ब्यान्ड भर्सेस ब्रान्ड ले साकार रूप लिने धेरैको अपेक्षा छ ।

    १५ असार २०७७ मा संसद्को विनियोजन विधेयकमाथिको छलफलका क्रममा लोकल रक्सीलाई व्यावसायिकीकरण र औद्योगिकीकरण गर्न सके सिंगो देशको आर्थिक समृद्धिमा टेवा पुग्ने भन्दै राईले ब्यान्ड भर्सेस ब्रान्ड को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी थिइन् । लोकल रक्सीलाई प्रतिबन्ध गर्ने हो भने विदेशी रक्सीलाई पनि गर्नुपर्ने उनको जिकिर थियो । आदिवासी जनजाति महिलाले आम्दानीको स्रोतको माध्यम बनाएको लोकल रक्सीलाई वैध उद्योगका रूपमा विकास गर्न सके अन्य जातजातिका समुदायले समेत यसको उद्योग स्थापना गर्ने मन्त्री राई दाबी गर्छिन् ।

    हामीले लोकल रक्सीमा ब्यान्ड लगायौँ । रातो चन्दनमा लगायौँ । गाँजामा लगायौँ । आफ्नो बहुआयामिक जडीबुटीमा प्रतिबन्ध लगायौँ । विदेशी उत्पादनलाई खरिद गर्ने, विदेशी रक्सी छ्यापछ्याप्ती बिक्री वितरण गर्ने वातावरण बनायौँ मन्त्री राई भन्छिन्, अब विदेशी रक्सीलाई ब्यान्ड गरौँ, नेपाली लोकल रक्सीलाई ब्रान्ड बनाऔँ ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology