Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नयाँ सरकार गठन

तपाईंहरु सबैलाई बधाई भन्न चाहन्छु,छिट्टै नयाँ सरकार बन्नेछः प्रचण्ड

तपाईंहरु सबैलाई बधाई भन्न चाहन्छु,छिट्टै नयाँ सरकार बन्नेछः प्रचण्ड

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २१, २०७७ शनिवार • १८:४०:२२ बजे
  • 1.3K
    SHARES
  • तपाईंहरु सबैलाई बधाई भन्न चाहन्छु,छिट्टै नयाँ सरकार बन्नेछः प्रचण्ड

    कपिलवस्तु - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर नयाँ सरकार गठनका लागि पहल पर्ने निर्णय गरेपछि देशको राजनीतिले कोल्टे फेरेको बताएका छन्।

    images

    शनिबार कपिलवस्तुमा आयोजित जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले अब छिट्टै नयाँ सरकार बन्ने बताए।

    उनले भने, ‘नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा माग गरेपछि र अर्को सरकार गठनको निम्ति पहल गर्ने निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ। म तपाईंहरु सबैलाई पनि बधाई भन्न चाहन्छु। सम्भवतः छिट्टै नयाँ सरकार बन्नेछ। नयाँ परिस्थिति बन्नेछ।’

    नेपाली जनताको ७० वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धीहरु केपी ओलीले खोस्न खोजेको प्रचण्डको आरोप छ।

    उनले ओलीलाई हिटलरसँग तुलना गर्दै भने, ‘नेपालमा केपी ओली आफूलाई राष्ट्रवादी भनेर फाँसीवादतर्फ अघि बढे। दुश्मनको एजेन्टका रुपमा राजा महाराजाको पदचिह्न पछ्याएर प्राप्त उपलब्धी उल्ट्याउने षड्यन्त्र भयो।’

    ओली प्रतिक्रियावादी र सामन्ती तत्वको एजेन्टको रुपमा अघि बढेको उनले आरोप लगाए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology