Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुख्यमन्त्रीको राजीनामा माग

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग,एमाले तीन मन्त्रीले तत्कालै पद छाड्ने

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग,एमाले तीन मन्त्रीले तत्कालै पद छाड्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २३, २०७७ सोमवार • ०६:३५:१४ बजे
  • 1.3K
    SHARES
  • मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग,एमाले तीन मन्त्रीले तत्कालै पद छाड्ने

    सुर्खेत । कर्णाली प्रदेशसभामा नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गरेको छ ।आइतबार बसेको एमाले संसदीय दलको बैठकले पार्टीबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पनि तत्काल फिर्ता बोलाएको छ ।

    images

    माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेबाट प्रकाश ज्वाला, नन्दसिंह बुढा र दल रावल सामेल छन् ।एमालेभित्र विवाद बढेसँगै ओली पक्षले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो भने खनाल माधव पक्षले प्रदेश सरकारप्रतिको समर्थन कायम राख्ने निर्णय गरेको थियो ।

    तर, पछिल्लो समय एमालेको खनाल नेपाल पक्षले समेत पार्टीकै लाइनअनुसार चल्ने निर्णय गरेपछि प्रदेश सरकार संकटमा परेको हो ।एमालेले समर्थन फिर्ता लिएसँगै सो प्रदेशमा शाही नेतृत्वको सरकार स्वतः अल्पमतमा पर्दछ । एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएको छ ।

    बैठकले गुलाबजङ्ग शाहको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । सो समितिले चैत २४ गते बस्ने संसदीय दलको बैठकमा मस्यौदा पेश गर्नेछ । बैठकले पार्टीभित्र देखिएको असमान्जस्यतालाई अन्त्य गर्दै पार्टी एकताका लागि पहल गर्ने निर्णयसमेत गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजीनामा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology