Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. क्षेत्री

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. क्षेत्री

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २३, २०७७ सोमवार • ०६:४१:२६ बजे
  • 1.6K
    SHARES
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. क्षेत्री

    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा। डुकबहादुर क्षेत्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिष्ठानको उपकुलपतिमा क्षेत्रीलाई नियुक्त गरेका हुन् ।

    images

    सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेस त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका प्रधानमन्त्रीले नियुक्त गरे । सिफारिस समितिले १ नम्बरमा क्षेत्रीको नाम सिफारिस गरेको थियो ।

    प्रा।डा। श्रीकृष्ण श्रेष्ठको नाम २ नम्बरमा र प्रा।डा। भरतबहादुर कार्कीको ३ नम्बरमा सिफारिस भएको थियो । यही फागुन १६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति डा। वुद्धिबहादुर थापाको कार्यकाल सकिएको थियो ।

    डा। डुक लामो समय पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत थिए । अहिले उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै पदपूर्ति समितिका अध्यक्षमा कार्यरत थिए । पश्चिमाञ्चल अस्पतालबाट ११ औं तहमा प्रमुख प्योथोलिजिस्ट भएर सरुवा भएका क्षेत्रीले ४ वर्षअघि अवकास लिएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology