Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतमा एकैदिनमा १ लाख संक्रमित थपिए, कडा प्रतिबन्धको घोषणा

भारतमा एकैदिनमा १ लाख संक्रमित थपिए, कडा प्रतिबन्धको घोषणा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २३, २०७७ सोमवार • १३:०२:३६ बजे
  • 1.3K
    SHARES
  • भारतमा एकैदिनमा १ लाख संक्रमित थपिए, कडा प्रतिबन्धको घोषणा

    दिल्ली । कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ ।सरकारले रातको समयमा कर्फ्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागु गरेको हो ।यहाँको सरकारले दिएको जानकारीअनुसार यस राज्यमा रातिको समयमा कर्फ्यु लगाइने छ भने हप्ताका अन्तिम दिन तथा विदाका दिनहरु शनिबार र आइतबार पूर्ण रूपमा लकडाउन लागु हुने बताइएको छ ।

    images

    भारतमा पछिल्लो समयमा कोभिड १९ का धेरै संक्रमित भेटिएका छन् । यहाँ आइतबार मात्र पनि एकैदिन ९३ हजार २४९ जना संक्रमित थपिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।उनीहरुका अनुसार यो संख्या गत सेप्टेम्बर महिना यताको सर्वाधिक धेरै संख्या पनि हो । उक्त संख्याको आधा भन्दा बढी महाराष्ट्र राज्यमा संक्रमित थपिएका छन् ।भारत कोरोनाभाइरस महामारीको दोस्रो लहरको जोखिममा परेको बताइएको छ । कोभिड १९ का कारण भारतमा हालसम्म करिब १ लाख ६५ हजार जनाले ज्यान गुमाएका छन् । त्यसैगरी अहिलेसम्म यहाँका संक्रमण पुष्टि हुनेको संख्या १ करोड २५ लाख भन्दा बढी रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

    एकैदिनमा १ लाख संक्रमण

    भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिनमा भारतमा १ लाख संक्रमित थपिएका छन् । अहिलेसम्म एकैदिनमा देखिएको यो सर्वाधिक संक्रमण हो । संक्रमणको दर अति नै खराब स्थितीमा पुगेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित क्षेत्रका मुख्यमन्त्रीलाई बैठकमा बोलाएका छन् । उनले अन्य राज्यमा पनि सम्भावित प्रतिबन्धको घोषणा गर्ने जनाइएको छ । भारतको सक्रिय संक्रमण दर ७।४१ लाखभन्दा माथि पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology