Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्ड निकट स्थायी समितिको भेला

प्रचण्ड निवास खुमलटारमा प्रचण्ड निकट स्थायी समितिको भेला ! बादल र भट्ट आएनन

प्रचण्ड निवास खुमलटारमा प्रचण्ड निकट स्थायी समितिको भेला ! बादल र भट्ट आएनन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ५, २०७७ सोमवार • १०:४५:४४ बजे
  • 4.5K
    SHARES
  • प्रचण्ड निवास खुमलटारमा प्रचण्ड निकट स्थायी समितिको भेला ! बादल र भट्ट आएनन
    प्रचण्ड निवास खुमलटारमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकटका स्थायी समिति सदस्यहरुसँग छलफल गरेका छन्।
    भेलामा पूर्व माओवादी पक्षधर सबै स्थायी समिति सदस्यहरु आएपनी  गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट भने सहभागी भएनन ।
    पूर्व माओवादीहरु छिन्नभिन्न भएको भन्दै प्रचण्डले स्थायी समिति सदस्यहरुलाई खुमलटार बोलाएका थिए ।
    'पूर्व माओवादी समुह कोही यता कोही उता जस्तो देखियो। त्यसैले अध्यक्षले सबैलाई बोलाउनु भएको हो', श्रोतले भन्यो,'यो बेलामा एक मत होस भनेर छलफल भएको हो।'
    पूर्व माओवादी निकटका कोही स्थायी समिति सदस्यहरू प्रचण्ड र माधव नेपालको गठबन्धनमा रहेका छन् भने कोही ओली र प्रचण्ड मिल्नुपर्छ भन्नेमा छन्। उद्योगमन्त्री एवं स्थायी समिति सदस्य लेख राज भट्ट भने पूर्णरूपमा ओलीको पक्षमा गइसकेका छन्।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # नेकपा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology