Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

समर्थन फिर्ता लिन किन नसकेको ? माओवादीलाई बाँस्कोटाको प्रश्‍न

समर्थन फिर्ता लिन किन नसकेको ? माओवादीलाई बाँस्कोटाको प्रश्‍न

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २३, २०७७ सोमवार • १४:५०:५३ बजे
  • 1.1K
    SHARES
  • समर्थन फिर्ता लिन किन नसकेको ? माओवादीलाई बाँस्कोटाको प्रश्‍न

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर राजनीतिक निकास नदिएको आरोप लगाएका छन्।

    images

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, सरकार काम चलाउन रे? कसरी हुन्छ? समर्थन आफू गर्ने? समर्थन फिर्ता लिन नसक्ने? अर्को पार्टीसँग मिलेर सरकार बनाएर एजेण्डा ल्याउन नसक्ने? कसरी कामचलाउ भयो? त्यस्तो लाग्छ भने समर्थन फिर्ता लिनुहोस् त्यसपछि एउटा लयमा जान्छ। राजनीतिको मैदान खुल्ला छ।

    उनले जनताको बीचमा जान सबैलाई स्वतन्त्र र जनताको बीचमा जान प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ? भनेर प्रश्नसमेत गरेका छन्। उनले अहिले ताजा जनादेशमा जानुको विकल्प नभएको दाबी गरे। अहिलेको परिस्थितीलाई बुझेर प्रधानमन्त्रीले संसद भंग गरेको सुनाए।

    ओली सरकार अगाडि नेपाली राजनीतिक राजनीतिको लागि मात्रै सीमित थियो। अहिले राष्ट्रिय स्वाधिनता र स्वाभिमान तथा राष्ट्रको एजेण्डामा परेको छन्। अहिले विकासको बहुआयामिक एजेण्डा बनेको छ। सुखी देश र समृद्धि देश निर्माण गर्नका लागि सरकारले ध्यान दिएको छ उनले प्रश्न गर्दै भने, नेपालको राजनीतिक पार्टीहरू आखिर के चाहन्छ?

    विना मुद्धा र एजेण्डा सरकारको विरोधका लागि विरोध गर्नेहरुले जनतालाई आशा र भरोसा गर्न नसक्ने तर्क गरे। विकास निर्माणमा नलाग्ने भए राजनीतिक दलको आवश्यकता किन? सांसद, मन्त्रीको कुर्सीमा बस्न उनले भने। संसारले गरेको परिवर्तनपछि देशको सम्भावना र चुनौतीलाई हेरेर लाग्नुपर्ने उनले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology