Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली : सांसद देवेन्द्रराज कँडेल

नेकपा एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली : सांसद देवेन्द्रराज कँडेल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २३, २०७७ सोमवार • १४:५४:११ बजे
  • 1.6K
    SHARES
  • नेकपा एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली : सांसद देवेन्द्रराज कँडेल

    नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले नेकपा एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली हुने बताएका छन् ।समेबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद कँडेलले ओलीले शेरबहादुर देउवालाई अन्तिम प्रधानमन्त्री भएको बताउँदै यस्तै अवस्था रहे एमालेको अन्तिम प्रधानमन्त्री अ‍ोली हुने बताए ।

    images

    ‘उहाँलाई कुर्सीको मोहले जुन किसिमको पीडा छ कुनै पनि हालतमा छोड्न नसक्ने अवस्थामा हुनुुहुन्छ । गोरखामा उहाँले देउवा अन्तिम प्रधानमन्त्री भएको बताउनु भएको थियो त्यही शब्दमा हामी भन्ने हो भने सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन्’, सांसद कँडेलले भने ।उनले सरकार संविधानको धारा १०० को उपधारा दुई अनुसार प्रधानमन्त्रीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने बताएका छन् ।

    ‘दल विभाजित भयो एमालेले हिजो समर्थन लिएर सरकार बनाएको होइन । हामी एमालेलाई चिन्दैनौं । उहाँमा जनमत छ भन्ने लाग्छ भने विश्वासको मत लिने कि नलिने ? उहाँले विश्वासको मत लिनैपर्छ’, उनले भने ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology