Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

देवेन्द्रराज कँडेलको गोकुल बास्कोटा प्रति टिप्पणी – ‘जस्ता गुरु उस्तै चेला’

देवेन्द्रराज कँडेलको गोकुल बास्कोटा प्रति टिप्पणी – ‘जस्ता गुरु उस्तै चेला’

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २३, २०७७ सोमवार • १४:५७:५९ बजे
  • 1.5K
    SHARES
  • देवेन्द्रराज कँडेलको गोकुल बास्कोटा प्रति टिप्पणी – ‘जस्ता गुरु उस्तै चेला’

    नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सांसद गोकुल बास्कोटाले संसदमा गरेको संवोधनलाई गुरु अनुसारको चेला भएको टिप्प्णी गरेका छन् । देशमा विकासको थालनी नै केपी ओली प्रधानमन्त्री भएपछि मात्र भएको हो भन्दै बास्केटाले गरेको संवोधनप्रति लक्षित गर्दै कँडेलले यस्तो टिप्पणी गरेका हुन् । 

    images

    ‘जस्ता गुरु उस्तै चेला’ गोकुल लगत्तै संवोधन गरेका कँडेलले सुरुवातमै भने, “सभामुख महोदय म त्यता जान चाहन्न, कस्ता गुरु भनेर यहाँ अवगत गराउन चाहन्छु ।” उनले त्यति भनेर २०७४ सालको निर्वाचनका समयमा केपी शर्मा ओलीले नेपाली कांग्रेसको अन्तिम सरकार घोषणा गरेको स्मरण गरे । 

    “नेपाली कांग्रेसको अन्तिम सरकार, शेरबहादुर देउवा नेतृत्वको यही सरकार हो । डेट दतोकिदिनु पर्छ ? पर्छ भने २०७४ साल पुस मसान्त, म नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई हार्दिक समवेदना भन्न चाहन्छु,” ओलीको भनाइ सम्झँदै कँडेलले भने, “मलाई सम्झँदा पनि लाज लाग्छ । एउटा राजनीति गर्ने व्यक्ति, त्यस्ता अभिव्यक्ति दिने व्यक्तिबाट देशले आसा गर्नुपर्ने ?” 

    उनले त्यसलगत्तै जनताले दिएको मतको प्रयोग कसरी भयो भन्ने सबैले देख्न पाएको बताए । “यदी यस्तै रह्यो भने, सायद एमालेका अन्तिम प्रधानमन्त्री केपी ओली नै हुन सक्छन्, त्यसपछि अघि बढ्न सक्दैन,” कँडेलले थपे, “यो सरकार सर्वोच्चको निर्णय अनुसार ७६ (१)को सरकार हो । संविधान धारा १०० को (२) अनुसार सत्तारुढ दल विभाजित भएमा प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ । एमालेले विश्वासको मत पाएको होइन । उहाँले अब लिनु पर्दैन ? आजै ३० दिन पूरा भएको छ ।” 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology