Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बंगलादेशमा डुंगा दुर्घटना हुँदा कम्तीमा २७ जनाको मृत्यु

बंगलादेशमा डुंगा दुर्घटना हुँदा कम्तीमा २७ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २३, २०७७ सोमवार • २०:००:२७ बजे
  • 2.4K
    SHARES
  • बंगलादेशमा डुंगा दुर्घटना हुँदा कम्तीमा २७ जनाको मृत्यु

    बंगलादेशमा डुंगा दुर्घटना हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। करिब एकसय जना यात्रु बोकेको डुंगा बंगलादेशको शितलख्खा नदीमा आइतबार साँझ दुर्घटना भएको थियो।

    images

    नदीमा उक्त डुंगा एउटा कार्गो जहाजसँग ठोक्किदा दुर्घटना भएको हो। दुर्घटनास्थल राजधानी ढाकाबाट करिब १६ किलोमिटर दक्षिणपूर्वमा रहेको नारायणगंज जिल्लामा पर्छ।

    उद्धारकर्ताहरुले पाँच जनाको शव आइतबार बेलुका नै फेला पारेका थिए। सोमबार अपराह्नसम्म थप २२ वटा शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

    ज्यान गुमाउनेमा १६ महिला, ९ पुरुष र दुई बालबालिका छन्।

  • सम्बन्धित विषय:

  • # डुंगा दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology