Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सांसद पद फुस्किदै

माओवादी छोडेका गृहमन्त्री बादल लगाएत चार नेताहरुको सांसद पद फुस्किदै

माओवादी छोडेका गृहमन्त्री बादल लगाएत चार नेताहरुको सांसद पद फुस्किदै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २४, २०७७ मंगलवार • १३:३०:२५ बजे
  • 1.7K
    SHARES
  • माओवादी छोडेका गृहमन्त्री बादल लगाएत चार नेताहरुको सांसद पद फुस्किदै

    नेकपा माओवादी केन्द्रले आफ्नो दलको तर्फबाट मन्त्री बनेर एमालेतिर लागेका चार जनाको पद खुस्काउन आज या भोलिभित्रै संसद सचिवालयमा पत्र दर्ता गर्ने भएको छ ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा बसेर दल बदल गरेका छ जना मन्त्रीमध्ये चार जनाको सांसद पद नरहने गरी  संसद सचिवालयमा पत्र दर्ता गर्न लागिएको स्रोतले बताएको छ । स्रोत भन्छ आइतबार नै दर्ता गर्ने भनिएको थियो । आज दर्ता गरेपछि सम्भवतः सभामुखले एक सातापछि मात्रै त्यसको कार्यान्वयन गर्नुहुनेछ । त्यसपछि चार जना मन्त्रीको सांसद पद सकिनेछ ।

    शुरुमा पत्र दर्ता गर्ने र छ दिनपछि कार्यान्वयनमा लाने भन्ने सहमति थियो तर प्रमुख सचेतक देव गुरुङले छ दिनपछि पत्र दर्ता गर्ने भनेर बुझिदिनाले समस्या उत्पन्न भएको बताइन्छ ।

    दल बदल गरेका कारण सांसद पद चट् हुनेहरूमा गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग मन्त्री लेखराज भट्ट,ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र शहरी विकास मन्त्री प्रभु साह छन् । खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा तामाङलाई भने दल बदलको कुनै असर पर्ने छैन । किनभने उनीहरू सांसद नै होइनन् ।

    शुरुमा पत्र दर्ता गर्ने र छ दिनपछि कार्यान्वयनमा लाने भन्ने सहमति थियो तर प्रमुख सचेतक देव गुरुङले छ दिनपछि पत्र दर्ता गर्ने भनेर बुझिदिनाले समस्या उत्पन्न भएको बताइन्छ । जन आस्थाबाट साभार ;

  • सम्बन्धित विषय:

  • # सांसद पद फुस्किदै
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology