Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दुवईमा महिलाहरुले पूरै कपडाबिहिन भएर फोटो खिचाएपछि… (भिडियो हेर्नुहोस्)

दुवईमा महिलाहरुले पूरै कपडाबिहिन भएर फोटो खिचाएपछि… (भिडियो हेर्नुहोस्)

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २४, २०७७ मंगलवार • १८:२६:१९ बजे
  • 2.7K
    SHARES
  • दुवईमा महिलाहरुले पूरै कपडाबिहिन भएर फोटो खिचाएपछि… (भिडियो हेर्नुहोस्)

    पोखरा - संयुक्त अरव इमिरेट्स (युएइ) को राजधानी दुबईमा महिलाहरुको एक समूहले अनौठो काम गरेको छ । मुस्लिम देश युएई महिलाका बिषयलाई लिएर कडा छ । तर त्यही केही महिलाहरुले पूरै कपडा बिहिन भएर फोटो खिचाएका छन् । उनीहरुलाई प्रहरीले पक्रेको छ । शनिबार अनलाइन पोस्ट गरिएको एउटा भिडियो फुटेजमा यी महिलाको एउटा समूह देखिएको छ जो बालकोनीमा छन् र उनीहरुको तस्बिर खिँचिदैछ । युक्रेनी वाणिज्य दूतावासले बीबीसीसँगको कुराकानीमा ११ युक्रेनी महिलालाई पक्राउ गरिएको जानकारी दिएको छ । यस्तै रुसी मिडिया अनुसार रुसका एक व्यक्तिलाई पनि प्रहरीले लगेको थियो ।

    images

    दुबईमा सार्वजनिक न ग्न ता को मामिलामा ६ महिनासम्म जेल र ५ हजार दिरहामको जरिवाना लगाउने प्रावधान छ । यूएईको धेरैजसो कानून शरीया कानूनमा आधारित छ र अतितमा पनि मानिसहरुलाई सार्वजनिक स्थानमा प्रेम व्यक्ति गरेको र यस्ता कार्यको सार्वजनिक प्रदर्शन गरेकोमा सजाय दिइसकिएको छ । यस भिडियोमा देखिएअनुसार लगभग एक दर्जन महिला दुबईको मरिना इलाकामा बालकोनीमा यस्तो फोटोसुट गराइरहेका थिए । युक्रेनी वाणिज्य दूतावासका अनुसार यी महिलासँग थप अनुसन्धान भै रहेको छ ।

    यसअघि रुसी मिडियामा सार्वजनिक भएको रिपोर्ट अनुसार आठ रुसी महिलालाई पक्राउ गरिएको थियो तर अब यो खबर अस्वीकार गरिएको छ । तर रिया समाचार एजेन्सीले अधिकारीलाई उद्धृत गर्दै यो कामका प्रबन्ध मिलाउने एक रुसी नागरिकलाई पनि पक्राउ गरिएको जानकारी दिएको छ । दुबईमा प्रहरीले पहिले नै कुनै पनि यस्ता सामग्री वा सार्वजनिक नैतिकतालार्य हानी पुर्याउन सक्ने यस्ता कुनै पनि सामग्री प्रकाशित गर्दा जे ल वा जरिवाना तिनुपर्ने चेतावनी दिइसकेको छ । प्रहरीले आफ्नो बयानमा भनेको छ,यस्तो प्रकारको अस्वीकार्य व्यवहार अरब समाजको मूल्य र नैतिकलाई दर्साउँदैन ।

    यूएईका नागरिक र सबै पयर्टकमाथि यो नियम लागू हुन्छ । यसमा कुनै पनि पर्यटकलाई कत्ति पनि छुट हुनेछैन । अतितमा दुबईमा छुट्टीका बेला पर्यटकलाई पक्राउ गरिएका केही हाई प्रोफाइल मामिला पनि सार्वजनिक भइसकेका छन् । सन् २०१७ मा एक बेलायती महिलालाई एक व्यक्तिसँग सहमतिले त्यस्तो काम गर्दा समेत एक वर्षको जेल पठाइएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology