Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरे,वाम गठनबन्धन गर्नु गल्ती थियो - प्रचण्ड

ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरे,वाम गठनबन्धन गर्नु गल्ती थियो - प्रचण्ड

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २५, २०७७ बुधवार • १७:१०:३८ बजे
  • 1.1K
    SHARES
  • ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरे,वाम गठनबन्धन गर्नु गल्ती थियो  -  प्रचण्ड

    सल्यान - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

    images

    बुधबार सल्यानमा आयोजित एक कार्यक्रममा प्रचण्डले संसद् विघटन गरेर ओलीले विदेशी शक्ति समक्ष आत्मसर्पण गरेको बताए ।केपी ओलीले संविधान च्यात्ने काम सुरु गरेको उनकाे अराेप छ । कम्युनिस्ट पार्टीका नेताहरू कम्युनिस्ट पार्टी विघटन गरेको घटना स्मरण गर्दै उनले नेपालमा ओलीले जनताको अधिकार कुल्चिने काम गरेको आरोप लगाए ।

    "केपी ओली नामको व्यक्तिद्वार संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र सम्द्धिको सपना किल्चिदिने र विदेशी शक्तिका सामू आत्मसमर्पण गर्ने घटना घट्यो," उनले भने ।त्यस्तै सर्वोच्च अदालतले नेकपा नाम विवादमा एमाले-एमाले र माओवादी-माओवादी भनेर भन्न नुहेने कुरा गरेको प्रचण्डकाे दाबी छ ।

    उनले अब जनताको तागतले नै आफू काठमाडौंमा बसेर शक्ति निर्माण गर्ने पनि बताए ।

    प्रचण्डले वाम गठनबन्धन गर्नु गल्ती थियो भन्दै प्रश्न पनि गरेका छन् । "तपाईं आदरणीय जनसमुदायले गहिरोगरी विचार गरिदिनुपर्यो के मैले वाम गठबन्ध कम्युनिस्ट पार्टी एकताबद्ध गरेर राजनीतिक स्थायित्व र विकासतिर देश लाने भनेर सपना देखेर काम गर्नु गल्ती थियो त ?," उनले सोधे ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology