Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन चार हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन चार हजारभन्दा बढीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २५, २०७७ बुधवार • १८:३१:५४ बजे
  • 1.7K
    SHARES
  • ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन चार हजारभन्दा बढीको मृत्यु

    पोखरा - ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन चार हजारभन्दा बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार एकैदिन चार हजार १९५ संक्रमितको मृत्यु भएको हो ।

    images

    ब्राजिलमा हालसम्म कोरोना संक्रमणका कारण तीन लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय फैलिएको कोरोनाको नयाँ प्रकार (भेरियन्ट)को कारण संक्रमण उल्लेख्य संख्यामा बढेको बताइएको छ ।

    ब्राजिलमा कोरोना भाइरस संक्रमितको कुल संख्या एक करोड ३० लाख नाघेको छ । गत मार्च महिनामा मात्र ब्राजिलमा कोरोनाको कारण ६६ हजारभन्दा बढीको मृत्यु भएको थियो । कोरोना संक्रमण बढ्नुको असर अहिले ब्राजिलका अस्पतालहरुमा पनि देखिएको छ । ब्राजिलका अस्पतालका करिब ९० प्रतिशत आईसीयू भरिइसकेका छन् ।

    यस्तै केही राज्यमा अक्सिजन तथा अन्य स्वास्थ्य सामग्रीको अभाव देखिएको छ । अवस्था बिग्रँदो भएपनि ब्राजिलका केही राज्य तथा शहरले सामाजिक गतिविधिमा लगाइएको प्रतिबन्ध हटाइरहेका छन् । एजेन्सी

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology