Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल पत्रकार महासंघ मुस्ताङको अध्यक्षमा शुन्दर कुमार थकाली निर्वाचित

नेपाल पत्रकार महासंघ मुस्ताङको अध्यक्षमा शुन्दर कुमार थकाली निर्वाचित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २५, २०७७ बुधवार • २३:१०:५० बजे
  • 1.0K
    SHARES
  • नेपाल पत्रकार महासंघ मुस्ताङको अध्यक्षमा शुन्दर कुमार थकाली निर्वाचित

    नेपाल पत्रकार महासंघ मुस्ताङको अध्यक्षमा शुन्दर कुमार थकाली निर्वाचित भएका छन्। बुधबार भएको निर्वाचनमा थकालीले १४ मत पाएर निर्वाचित भएका हुन् । उनी संयुक्त प्यानलबाट उमेदवार बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सुनदेवी रसाइलीले १२ मत ल्याएर पराजित भएकी छन् ।

    images

    त्यसैगरी उपाध्यक्षमा दुर्गादेबी रसाइलीले १४ मत पाएर निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी आइतेलाल थकालीले ११ मत पाएका थिए । महिला तर्फको उपाध्यक्षमा तिष्णा गौचनले १४ मत पाएर विजयी भएकी छन् । प्रतिद्वन्द्वी सम्झना थकालीले ११ मत पाएकी थिइन् ।

    त्यसैगरी सचिवमा सुशिलबावु थकाली (१४), सहसचिवमा समावेशी आदित्य रसाइली (१४), सहसचिवमा सरस्वती ल्वागुन (१४) ,कोषाध्यक्षमा फुलकुमारी नेपाली (१४) र केन्द्रीय परिषद सदस्यमा चन्द्रश्वर बास्ताकोटी (१५) मत ल्याएर निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ मुस्ताङमा कुल २८ जना मतदाता रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाल पत्रकार महासंघ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology