Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

किरियामा बसेका सिग्देल नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा निर्वाचित

किरियामा बसेका सिग्देल नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा निर्वाचित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २५, २०७७ बुधवार • २३:१५:३६ बजे
  • 1.3K
    SHARES
  • किरियामा बसेका सिग्देल नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा निर्वाचित

    स्याङजा- नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा श्रीकृष्ण सिग्देल नर्विरोध निर्वाचित भएका छन्। प्रेस युनियन र प्रेस संगठनका गठबन्धनको तर्फका साझा उम्मेद्वार सिग्देल अध्यक्षमा निर्वाचित भएका हुन्। उपाध्यक्षमा भवानी अधिकारी र राधाकृष्ष्ण डुम्रे, सचिवमा प्रतिक्षा काफ्ले, सह सचिवमा तोलाकान्त बगाले र भूपराज बस्याल, कोषाध्यक्षमा रमेश (एकबहादुर) गोदार रहेका छन्।

    images

    यसैगरी, सदस्यमा अमृत अर्याल, खगेन्द्र भण्डारी, जोगराज पाठक, रामप्रसाद लामिछाने, रामु भट्टराई र शालीकराम पोख्रेल, साधना न्यौपाने, थुमबहादुर (विनोद) रखाली, नारायण विश्वकर्मा छन्। राष्ट्रिय परिषद सदस्यमा ओमप्रकाश शर्मा र रोशन लामिछाने यसैगरी प्रदेश परिषद सदस्यमा चुत्रबहादुर महत (सचिव) र प्रेमनारायण रेग्मी र हिमाल न्यौपाने निर्वाचित भएका निर्वाचित अधिकृत अधिवक्ता तुलसी गिरीले जानकारी दिए।

    प्रेस युनियनका तर्फबाट पदाधिकारीमा अध्यक्ष, दुई उपाध्यक्ष र दुई सहसचिवमा क्रमश सिग्देल, डुम्रे, अधिकारी, बगाले र बस्याललाई पठाएको कोइरालाले बताए। प्रेस संगठनकातर्फबाट पदाधिकारीको लागि सचिव, कोषाध्यक्ष र दुई सदस्य गरेर क्रमशः काफ्ले, गोदार, पोखरेल र विक हुन्।

    यसैगरी, अध्यक्षमा निर्वाचित सिग्देल अहिले मातृशोकमा छन्। उनकी आमाको निधन भएको बुधबार १० औं दिन हो। किरियामा बसेका बेला उनको उम्मेदवारी दर्ता भयो भने निर्विरोध निर्वाचित पनि भए। प्रेस यूनियन स्याङजाका पूर्वअध्यक्ष समेत रहेका उनी दुई दशकदेखि राष्ट्रिय तथा स्थानीय पत्रिका, अनलाइन र टेलिभिजनमा कार्यरत छन्।

    निर्वाचन समितिले उमेद्वारको अन्तिम नामावली सोमबार प्रकाशन गरेसँगै सबै पदमा निर्विरोध निर्वाचित भएका महासंघका अध्यक्ष ओमप्रकाश शर्माले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # नेपाल पत्रकार महासंघ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology