Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल पत्रकार महासंघ दैलेख शाखाको अध्यक्षमा माधव नेपाल समूहका थापा विजयी

नेपाल पत्रकार महासंघ दैलेख शाखाको अध्यक्षमा माधव नेपाल समूहका थापा विजयी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २६, २०७७ बिहिवार • १०:०७:२१ बजे
  • 1.4K
    SHARES
  • नेपाल पत्रकार महासंघ दैलेख शाखाको अध्यक्षमा माधव नेपाल समूहका थापा विजयी

    काठमाडौं । नेपाल पत्रकार महासंघ दैलेख शाखाको अध्यक्षमा प्रेस चौतारी (माधव नेपाल समूह)का यज्ञराज थापा विजयी भएका छन् । थापा स्वर्गीय पत्रकार डेकेन्द्र थापाका भाइ हुन् ।

    images

    थापाले ५५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी केपी समूहको चौतारीका पुरुषोत्तम थापा (पुस्कर)ले ३२ मतमात्रै ल्याए ।

    यस्तै खुला उपाध्यक्षमा प्रेस युनियनका महेन्द्र सापकोटाले ५० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी चौतारीका कमल शर्माले ३७ मत ल्याए ।

    महिला उपाध्यक्षमा भने ओली निकट चौतारीकी बालकुमारी बुढा ४६ मतका साथ विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी रजनीकुमारी योगीले ४१ मत ल्याइन् ।

    सचिवमा युनियनका भक्तबहादुर शाही, खुला सहसचिवमा पनि युनियनकै खेमराज वली, समावेशी सहसचिवमा माधव समूहको चौतारीका पृथ वयलकोटी र कोषाध्यक्षमा प्रेस संगठनका तीर्थबहादुर भण्डारी विजयी भएका छन् ।

    अन्य सदस्यहरुमा पनि माधव समूहको चौतारी, युनियन र प्रेस संगठनका उम्मेदवार विजयी भएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology