Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल पत्रकार महासंघ कास्की जिल्लाको अध्यक्षमा बिमला भण्डारी बिजयी

नेपाल पत्रकार महासंघ कास्की जिल्लाको अध्यक्षमा बिमला भण्डारी बिजयी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २६, २०७७ बिहिवार • १०:४४:५० बजे
  • 2.2K
    SHARES
  • नेपाल पत्रकार महासंघ कास्की जिल्लाको अध्यक्षमा बिमला भण्डारी बिजयी

    नेपाल पत्रकार महासंघ कास्की जिल्ला समितिको अध्यक्षमा अग्रगामी संयुक्त गठबन्धनका उम्मेद्वारहरु बिजयी भएका छन्।

    images

    बिमला भण्डारीले सत्ता पक्षीय गठबन्धनका उम्मेदवार केशब शरण लामिछानेलाई पराजित गरे।  लामिछानेले १२१ मत पाउँदा भण्डारीले १७४ मत पाइन् । नेपाल पत्रकार महासंघ कास्कीको उपाध्यक्षमा अग्रगामी भनिएको गठ्बंधनका रामप्रसाद तिमिल्सिना बिजयी बनिरहँदा सचिब भने सत्ता पक्षीय गठबन्धनका उम्मेदवार माधब बरालले जिते।

    तिमिल्सिनाले सत्तापक्षीय गठबन्धनका अर्जुन गिरि लाई ५० मतले पराजित गरे। बरालले अग्रगामी भनिएको संयुक्त गठबन्धनका दिपक परियारलाई १४ मतले पराजित गरे। माधवले १५५ र दीपकले १४१ मत ल्याए । कोशाध्यक्ष पदमा पनि अग्रगामी भनिएको संयुक्त गठबन्धनका कृष्ण दवाडीले सत्तापक्षीय गठबन्धनका एकराज गिरीलाई पराजित गरे। उपाध्यक्ष पदमा भने जमुना शर्मा ‘बर्षा’ले जितेकी छिन।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology